शनिश्चरे ७ कात्तिक । अर्जुनधारा जलेश्वरधामले आफ्नो ४२ औं बार्षिक अनुष्ठानको अवसर पारेर विश्वशान्ति एवं पितृ उद्धारको कामनासहित १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भागवत कथा पाठ एवं संगीतमय कथा प्रवचन आयोजना गर्ने भएको छ ।
आगामी मंसिर ८ गतेदेखि १५ गतेसम्म आयोजना गरिने अष्टोत्तरशत ब्राह्मणद्वारा भागवत कथा पाठ, गंगाआरतीसहित एवं ५६ जना ब्राह्मणद्वारा दैनिक हवन एवं रुद्राभिषेक महायज्ञ आयोजना गरिने धाम परिसरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
अर्जुनधारा जलेश्वरधामका ब्यासाचार्य कुबेर सुवेदीको ब्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहने बताइएको छ । बाला चतुर्दशीमा समापन गर्नेगरी आयोजना गरिने महायज्ञको पूर्वतयारीका लागि विभिन्न १९ वटा उपसमितिहरु गठन भएको प्रचार–प्रसार उपसमिति संयोजक निरजकुमार ओलीले जानकारी दिनुभयो ।
हाल धाममा ५० लाख रुपैयाँको अक्षयकोष रहेको र उक्तकोषलाई २ करोड पु¥याउने लक्ष लिइएको अर्जुनधारा जलेश्वरधाम ब्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।
अष्टोत्तरशत श्रीमद्भागवत पाठपारायणसँगै सोही संख्यामा यजमान समेत राख्ने लक्ष लिइएको यज्ञका लागि ५१ हजार रुपैयाँ सहयोगसहित आफ्ना पितृको नाम संकल्पसहित यजमान बन्न पाइने धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५१ हजार रुपैया सहयोगसहित २५ जना यजमान जुटिसकेका छन् ।
यज्ञानुष्ठान अवधिभरमा सहयोग रसिद, भागवत भेटी, गंगा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्यसहित २ करोड, १६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको यज्ञ सम्पादनका प्रचार–प्रसार, साजसज्जासहित विभिन्न शीर्षकमा ९५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष जोशीले जानकारी दिनुभयो ।
मंसिर ८ गते विभिन्न जातजातिको झाँकीसहित नगर परिक्रमापछि समुद्घाटन हुने महायज्ञमा दैनिक ११ बजेदेखि ३ बजेसम्म संगीतमय कथा प्रवचन, विहान ७ बजेदेखि श्रीमद्भागवत कथा पाठपारायण, दैनिक साझ ७ः३० देखि ९ बजेसम्म भजन–कीर्तनसहित रात्री जागरण, मंसिर १५ गते विहान शतविजरोपण कार्यक्रम तय गरिएको अध्यक्ष गट्टानीले जानकारी दिनुभयो ।
अर्जुनधारा धाममा अष्टोत्तरशत श्रीमद्भागवत



















