HomeFeatured 2कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागेको मुख्य मन्त्रीको भनाई

कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागेको मुख्य मन्त्रीको भनाई

विराटनगर ५ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानूनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताएका छन् ।
शनिबार २४औं राष्ट्रिय दन्त सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताए। उनले भने, ‘‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौं ।’
प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाई रहेको चर्चा गर्दै उहाँले स्वास्थ्य ऐन मार्फत् प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने बताए ।
नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकिय क्षमतालाई बढाएर काम गर्नुपर्ने औंल्याए ।
सम्मेलनमा देशभरका करिब तीन सय दन्तचिकित्सक भेला भएका छन् । सम्मेलनमा १६ जना वरिष्ठ दन्तचिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुती गर्ने तयारी छ । सम्मेलनबाट आगामि दिनमा गर्नसकिने काम, नयाँ प्रविधि र आम नागरिकलाई सचेतना जोगाउने विषयमा साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकले जानकारी दिएका छन् । सम्मेलनमा दाँत सम्बन्धि उपचारका मेसिन र विभिन्न प्रविधि सम्बन्धि उपकरणहरू समेत प्रदर्शन गरिएका छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागेको मुख्य मन्त्रीको भनाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img