बिर्तामोड ४ असोज । कोहेड टोल विकास संस्थाको आयोजना र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयोजनमा विद्यालय तहका विद्यार्थी लक्षित लागू औषध नियन्त्रण सम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कोहेड टोल विकास संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा कोहेड कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख कमल तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी सहायक निरीक्षक प्रनिप आलेमगरले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिहरु इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश बिष्ट, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, मारवाडी सेवा समाज बिर्तामोडका अध्यक्ष मोहन मित्तल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी सचिव उमा मिश्रले सञ्चालन गरेको कार्यक्रममा सदस्य निर्मला ओडारीले स्वागत गरेकी थिइन् । प्रशिक्षणमा ६० बढी बिद्यार्थीको सहभागिता रहेको बताइएको छ ।
कोहेडमा लागू औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम

































































































