HomeFeatured 2बिर्तामोडकाे भद्रपुरराेड सडक खण्डमा वृक्षारोपण

बिर्तामोडकाे भद्रपुरराेड सडक खण्डमा वृक्षारोपण

बिर्तामोड, २४ भदौ । बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा आज (सोमबार) सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो ।बिर्तामोडलाई हरित नगर बनाउने उदेश्यकासाथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा ४ सय फुलका विरुवा तारजालीसहित व्यवस्थित तवरले रोपिएको छ।
बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यस अघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा वृक्षारोपण गरीएको थियो । सडकको बिच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका विरुवाहरु भने हुर्कीसकेका छन् ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले आ-आफ्नो टोल, क्षेत्रमा विरुवा रोप्न सबैलाई आग्रह गरिन। उनले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि पनि वृक्षारोपण आवश्यकता रहेको बताइन । रोपेका विरुवा हुर्काउने जिम्मेवारी नागरिकको पनि रहेकोले रेखदेख गर्न स्थानीयलाई आग्रह गरिन । हुर्कीसकेका विरुवा उखेल्ने, हाँगा भाँच्ने लगायतका क्रियाकलाप हुने गरेको पाईएकोले यसो नगर्नसमेत आव्हान गरिन ।

वृक्षारोपण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, ईन्चार्ज अम्बिर लिङदेन, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, जनप्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडकाे भद्रपुरराेड सडक खण्डमा वृक्षारोपण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img