HomeFeatured 2प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्ने

प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्ने

झापा २३ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने बताएका छन् । कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिए। उनले भने ‘यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ ।” यसका लागि अध्ययन कार्यदल गठन गरिएको जानकारी दिंदै उनले कार्यदलले दिएको प्रतिवेदनका आधारमा काम सुरु गर्ने बताए। मुख्यमन्त्री कार्कीले डाक्टर खिमबहादुर कार्कीको नेतृत्वमा बनाएको कार्यदलले अब एक महिनामा प्रतिवेदन बुझाएपछि तत्काल काम सुरु गर्ने बताए। आयुर्वेद स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, आयुर्वेदिक चिकित्सा र नयाँ चिकित्सा प्रणालीलाई जोडेर सेवा दिन सक्ने सम्भावनाको समेत खोजी गरिने उनले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img