Homeसमाचार‘नेपालको पत्रकारिता दक्षिण एसियामै राम्रो’ एककरोड अक्षयकोष घोषणा

‘नेपालको पत्रकारिता दक्षिण एसियामै राम्रो’ एककरोड अक्षयकोष घोषणा

बिर्तामोड ३ बैशाख । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली पत्रकारिताको स्तर दक्षिण एशियाकै राम्रो भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित १ करोड अक्षयकोष घोषणा कार्यक्रममा बोल्दै डा. यादवले भने, ‘नेपालको पत्रकारिताको स्तर दक्षिण एशियामा राम्रो छ, यो मैले भनेको कुरा होइन, मलाई विभिन्न देशबाट भेट्न आउनु हुने पत्रकारले भन्नुभएको हो, यसलाई जोगाउनुस् ।’
झापालाई पवित्र र परिवर्तनकारी भूमि उपमा दिएका प्रथम राष्ट्रपति यादवले प्रजातन्त्र स्थापनामा होस् वा पुनस्थापनामा झापाको योगदान स्मरणीय बताए । व्यवस्था परिवर्तनको आन्दोलनमा झापाको योगदानलाई स्मरण गर्दै ०४६ सालमा झापाको सहादतसँगै आन्दोलनले देशभर उचाई लिएको बताए । बोल्ने क्रममा २००७ साल, ०४६ साल र ०६२ र ०६३ को आन्दोलनमा झापाको योगदानको समेत डा. यादवले स्मरण गरे ।
नयाँ वर्षको सुरुमा नै १ करोड दान गर्ने व्यक्तिलाई सम्मान गर्न पाएकोमा आफू निक्कै हर्षित भएको बताउँदै दाताको खुलेर प्रशंसा गरे । सबै मानिस मिलेर बसे समाजको चाँडो विकास हुने बताउँदै प्रथम राष्ट्रपति यादवले भने, ‘झापामा मिलेर बस्ने समाज छ, सबै मिलेर बस्नु भएको छ, यो नै विकासको जग हो ।
पत्रकार सहारा उपचार कोषमा सहयोग गर्ने सयौँ दातालाई सम्मान समर्पण गरिएको कार्यक्रममा कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धब थापा, एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, सहारा साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आआफ्नो धारणा राखेका थिए ।
महासंघ झापा शाखाले २०७३ पुस १६ गते स्थापना गरेको अक्षयकोषमा सबैभन्दा बढी सहारा साकोसले पाँच लाख रुपैयाँ दिएको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केशव भट्टराई र स्वागत डिकेश लामाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘नेपालको पत्रकारिता दक्षिण एसियामै राम्रो’ एककरोड अक्षयकोष घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img