भद्रपुर ३ चैत्र । गौसंरक्षण समिति झापाको दोस्रो बार्षिक साधारणसभा चन्द्रगढिको कलवलगुडीस्थित नागेश्वर ज्योतिर्लिङ्ग कल्पेश्वरधाम कालीमन्दिर परिसरमा सम्पन्न गरिएको छ ।
स्थानीय समाजसेवी जेष्ठ नागरिक बुद्धिप्रसाद गौतमको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न सभाले थप एकवर्ष दुर्गाप्रसाद पाठककै अध्यक्षतामा संचालित कार्य समितिलाई निरन्तरता दिने निणर्य गरेको हो ।
समितिले देवेन्द्र गौतमको संयोजकत्वमा रहेको पुरानै लेखा समितिलाई निरन्तरता दिने निर्णय समेत गरेको अध्यक्ष पाठकले बताए । सभाले हल्दिवारी वडा नं. २ , भद्रपुर १० र भेलागडी सामुदायिक वन उपभोक्ता समुहलाई सल्लाहकार सदस्यमा मनोनयन गरेको छ ।
पाठकको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गौतम, भेलागढी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष पुन्यप्रसाद लम्साल, रामजी दाहाल ,समाजसेवी गौतम लगाएतले मन्तव्य राखेका थिए।
समिति उपाध्यक्ष गणेश पौडेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन समिति सचिव कृष्णप्रसाद पाठकले गरेका थिए ।
गौसंरक्षण समिति झापाको कार्यसमितिलाई पाठककै नेतृत्वमा निरन्तरता

































































































