HomeFeatured 2साना मझौला (साकाेस) काे नि: शुल्क स्वास्थ्य शिविर

साना मझौला (साकाेस) काे नि: शुल्क स्वास्थ्य शिविर

बिर्तामाेड फागुन । साना मझौला बचत तथा ऋण सहकारी संस्था लिमिटेटको आयोजनामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेची आखा अस्पताल बिर्तामोड र नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा भएको निशुल्क स्वास्थ्य शिविर अन्तरगत आखा जाच तथा महिलाहरुको यौन रोग तथा पाठेघरको मुखको क्यान्सर परिक्षण थियो । आखा शिविरमा २ सय २७ जनाले आखा जाच गराउनुभएको र उनिहरु मध्ये १५ जनालाई मोतियाविन्दु देखिएपछि सल्यक्रियाका लागी आजै मेची आखा अस्पताल बिर्तामोड लगिएको सहकारीका सचिव चन्द्र कुमार भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै शिविरमा १ सय २७ जना महिलाहरुको यौन रोग तथा पाठेघरको मुखको क्यानसर परिक्षण गरिएको थियो । साना मझौला बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रको प्रांगण मेचीनगर १० धुलाबारीमा भएको निशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले तथा प्रमुख आतिथ्यता मेचीनगर वडा नम्ब्र १० वडाध्यक्ष नारायण खनालले गर्नुभएसको थियो । कार्यिक्रममा राष्ट्रिय सहकारी बैंकका धुलाबारी शाखा प्रबन्धक मुना घि।िमरे, मेचीनगर साकोसकी सदस्य पुष्पा भण्डारी, महालक्ष्मि कृषि सहकारी संस्थाकी सञ्चालक पदमा भट्टराई, सतलोक बहुदेसिय सहकारी संस्थाका व्यवस्थापक कमल पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साना मझौला बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार समितिी संयोजक राजेन्द्र उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव चन्द्र कुमार भट्टराईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2साना मझौला (साकाेस) काे नि: शुल्क स्वास्थ्य शिविर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img