Homeसमाचारबिहीबारे बजारस्थित नवदुर्गा पञ्चायन मन्दिरमा स्कन्ध महापुराण

बिहीबारे बजारस्थित नवदुर्गा पञ्चायन मन्दिरमा स्कन्ध महापुराण

लक्ष्मीपुर ८ पुस । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बिहीवारे बजारस्थित श्री नवदुर्गा पञ्चायन मन्दिरमा श्रीमद् स्कन्ध महापुराणको तयारी गरिएको छ । मन्दिरमा १९ औ अनुष्ठान तथा १८ औं महापुराणको आयोजना गर्न लागिएको हो ।
आगामी पुस १० देखि १८ गतेसम्म मन्दिरमा १८ औं महापुराण आयोजना गरिने मुल आयोजक समितिले आइतवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।
महापुराण सम्पन्न गर्न बिभिन्न १२ वटा उपसमिति निर्माण गरेको मुल आयोजक समितिका संयोजक छबिलाल लम्सालले जानकारी दिए । महापुराण सम्पन्न गर्न बिमल ढुङ्गेलको संयोजकत्वमा सोभायात्रा ब्यवस्थापन उप–समिति, बिन्दा रेग्मीको संयोजकत्वमा लाखबत्ती ब्यवस्थापन उपसमिति, देबीचरण गिरीको संयोजकत्वमा मण्डप ब्यवस्थापन उपसमिति, पवित्रा दाहालको संयोजकत्वमा पण्डित ब्यवस्थापन उपसमिति, एलबी गिरीको संयोजकत्वमा आर्थिक समन्वय उपसमिति, भीमप्रसाद सापकोटाको संयोजकत्वमा धान्यञ्चल तथा गेट ब्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।
त्यस्तै कर्णबहादुर दाहालको संयोजकत्वमा स्वयम सेवक तयारी ब्यवस्थापन उपसमिति, शिवकुमार श्रेष्ठको संयोजकत्वमा प्रसाद ब्यवस्थापन उपसमिति, मुल आयोजक समितिका सचिव खिलराज कार्की र उपसचिव तेजकुमार गिरीको संयोजकत्वमा प्रचारप्रसार, सूचना तथा छपाई ब्यवस्थापन उप–समिति, अभिनारायण गिरीके संयोजकत्वमा समान खरिद ब्यवस्थापन उपसमिति, अम्विका कार्कीको संयोजकत्वमा माला ब्यवस्थापन उपसमिति, मुल आयोजक समितिकी कोषाध्यक्ष जमुना खड्का संयोजकत्व तथा अर्जुन रेग्मीको सह–संयोजकत्वमा कोष ब्यवस्थापन समिति निर्माण गरिएको मुल आयोजक समितिले जनाएको छ ।
महापुराणको प्रमुख बाचकका रुपमा पण्डीत छन्दुराम भण्डारी रहने छन् भने उपबाचकका रुपमा पण्डीत पुरुषेत्तम गजुरेल, पण्डीत लक्ष्मीप्रसाद पोखरेल, पण्डीत भक्तिप्रसाद घिमिरे र पण्डीत भरत अधिकारी रहने मुल आयोजक समितिले जनाएको छ ।
उद्घानका अवसरमा १०८ क्लशका साथ शोभायात्रा गरिने बताइएको छ । महापुराणका लागि अनुमानित ६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । १९ बर्षअघि धार्मिक तथा पर्यटकीय स्थलका रुपमा बिकास गर्ने उदेश्यले शुरु गरिएको पुराणको १९ औं अनुष्ठान र १८ औं महापुराण भएको मन्दिर समितिका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक लम्सालले बताए । उनका अनुसार पराणलाई सफल तथा उक्त महापुराणबाट रकम बचत भए त्यसलाई मन्दिरको अक्षयकोषबृद्धि गरिनेछ ।
यसअघि लागेका पुरणबाट ८५ लाख मूल्य बराबरको सामुदायिक भवन, २१ लाख ७५ हजार रुपैयाँ बराबरको मन्दिर निर्माण भइसकेको र मन्दिरको अक्षयकोष ४ लाख रुपैयाँको रहेको जानकारी दिए । सामुदायिक भवनमा त्रृmयापुत्रि बस्ने ठाउ बनाएर र १ हजार रुपैयाँ भन्दावढी दिने दाताकाको शिलालेखमा नामसमेत राखिएको बताइएको छ । महापुराण सम्पन्न गर्न ७ सय सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिहीबारे बजारस्थित नवदुर्गा पञ्चायन मन्दिरमा स्कन्ध महापुराण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img