भद्रपुर १६ मंसीर । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको चन्द्रगढी सेवा समाजको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । चन्द्रगढीस्थित बिपी चोकस्थित दुर्गा पाञ्चायन मन्दिरमा शनिवार साधारणसभा सम्पन्न गरिएको हो ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन कार्यबाहक अध्यक्ष नयानाथ पाण्डेले प्रस्तुत गरेका थिए।
साधारणसभाका प्रमुख अथिति नगर प्रमुख पोखरेलले सेवा समाजको नया भवन निर्माणका लागि योजनाका आधारमा नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सेवा समाजको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने जग्गादाता अमरबहादुर कार्की, नगरपालिकाकी उपप्रमुख राधा कार्की, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सहिद चोक टोल बिकास संस्थाका अध्यक्ष ढाकालाल अधिकारी, सल्लाकार सदस्य रामप्रसाद दवाडी लगायले मन्तव्य राखेको कार्यक्रमको औचित्यमाथि अध्यक्ष कमलप्रसाद अधिकारिले प्रकाश पारेका थिए ।
सो अवसरमा समाजसेवी तथा संस्थाका संरक्षक सदस्य दम्पती होमनाथ घिमिरे र पुष्पा घिमिरेले समाजको भवन निर्माणका लागि भनेर नगद ३० हजार सहयोग प्रदान गरे ।
अधिकारीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सह सचिव युवराज न्यौपाने र स्वागत उपाध्यक्ष देवीमाया अधिकारीले गरेकी थिइन् ।
चन्द्रगढी सेवा समाजको वार्षिक साधारणसभा सम्पन्न

































































































