Homeसमाचारभूमि मिचिएको विरोधमा विद्यार्थीले गरे सिमामा विरोध प्रदर्शन

भूमि मिचिएको विरोधमा विद्यार्थीले गरे सिमामा विरोध प्रदर्शन

काँकरभिट्टा २६ कात्तिक । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा नेपाल विद्यार्थी संघ झापाले विरोध ¥याली र कोणसभा सम्पन्न गरेको छ ।
झापाको काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट मेचीपूलसम्म पुगेको र्यालीमा एकहजार बढी विद्यार्थीको सहभागीता थियो । विद्यार्थीहरुले नेपाल–भारत सिमामा अवस्थित मेचीनदीको पूलमा कोणसभा गर्दै लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको स्मरण गराउँदै नेपाली भूमीमाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।
भारतीय विस्तारवाद मुर्दाबाद, लिपुलेक–कालापानी हाम्रो हो, हाम्रो भूमिमाथिको अतिक्रमण बन्द गर, टिष्टा कांगडा हाम्रो हो, मेची–महाकाली एक हौं जस्ता नारा लगाएका थिए ।
भारतीय विस्तारबादका विरुद्ध प्रभावकारी कदम चालेर नेपाली भूमि फिर्ता गराउन नेपाल सरकारलाई आग्रह गरेका विद्यार्थी नेताहरुले भारतलाई विस्तारवाद छाडेर असल छिमेकीको भूमिकामा रहन सुझाव दिए ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग भएको प्रमाण हुँदाहुँदै भारतले आफ्नो नक्सामा राखेकोप्रति आपत्ति जनाउँदै तत्काल भूमि फिर्ता गर्न भारत सरकारसँग माग गर्नुभयो ।
नेपाल सरकारले आफ्नो भूमि फिर्ता गराउन प्रभावकारी कुटनीतिक पहल नथालेकोमा रोष प्रकट गर्दै उप्रेतीले प्रधानमन्त्री स्तरकै वार्ताबाट समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो ।
नेपाली भुभाग फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गर्दै नेविसंघ सभापति उप्रेतीले भन्नुभयो–‘हाम्रा पुर्खा नालापानी लडे र अब हामी कालापानीमा लड्छौं ।’
कार्यक्रममा ने.वि.संघ झापाका प्रवक्ता सञ्जय निरौला, सचिव नारायण नेपाल, कोषाध्यक्ष नवराज ढकाल, मिलन चापागाई, सुरज सुवेदी लगायतले नेपाली भूमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभूमि मिचिएको विरोधमा विद्यार्थीले गरे सिमामा विरोध प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img