Homeसमाचारश्रद्धाको अध्यक्षमा पुनः सापकोटा

श्रद्धाको अध्यक्षमा पुनः सापकोटा

शनिश्चरे २६ कात्तिक । अर्जुनधारा नगरपालिका–८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट आगामी चारवर्षे कार्यकालका लागि अध्यक्षमा पुनः प्रेमसागर सापकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
स्थानीय सामुदायिक भवनमा सोमबार आयोजित संस्थाको ११ औं बार्षिकोत्सव तथा अधिवेशनबाट समितिको उपाध्यक्षमा छविलाल शिवाकोटी, सचिवमा कृष्णप्रसाद चापागाँई, सह–सचिवमा युवराज नेपाल र कोषाध्यक्षमा माया कार्की चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा पुरुषतर्फ हेमबहादुर कार्की, खगेन्द्र इङनाम, नरेश खाती र महिलातर्फ सिता कँडेल परियार, कुमारी चौधरी र यशोदा पोखरेल चयन भएको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेखा समितिमा संयोजकमा रुद्रबहादुर न्यौपाने चयन हुनुभएको छ भने सल्लाहकार समिति संयोजकमा पदमकुमार सुब्बा चयन हुनुभएको छ ।
संस्थाका ज्येष्ठ शेयर सदस्य तोरणप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाको बार्षिक प्रतिवेदन तथा नीति र योजना समेटिएको प्रतिवेदन अध्यक्ष सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।
८८१ जना शेयर सदस्य रहेको संस्थाले आगामी बर्ष सदस्य संख्या बढाएर १५ सय पु¥याउने लक्ष लिएको छ भने शेयर पूँजी ७२ लाख ९ हजार ८ सय रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाको अवसर पारेर असल बचतकर्ता कृष्णमाया सुवेदी, असल ऋणी सरस्वती चौधरी, असल कृषक दिपेन्द्र आचार्यलाई सम्मान गरिएको कार्यक्रममा शेयर सदस्यका सन्तानमध्ये उत्कृष्ट अङ्क ल्याएर एस.इ.इ. उत्तीर्ण गर्ने अस्मिता पोखरेल र जितेन्द्र तामाङलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दाहाल, १ नं प्रदेश सांसद बृखबहादुर प्रधान, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, कालिका बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्ण तामाङ, रिद्धिसिद्धी महिला कृषि सहकारी संस्थाका अध्यक्ष कुसुम राई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
लेखा समितिका संयोजक केदारनाथ पोखरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत बरिष्ठ सदस्य देवीप्रसाद पाठक र सञ्चालन सचिव छविलाल शिवाकोटीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारश्रद्धाको अध्यक्षमा पुनः सापकोटा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img