Homeसमाचारसाना मझौलाको शेयर पूँजीमा ३३.१९ प्रतिशतले बृद्धि

साना मझौलाको शेयर पूँजीमा ३३.१९ प्रतिशतले बृद्धि

अध्यक्षमा पुनः बस्नेत

विर्तामोड २४ कात्तिक । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि को अध्यक्षमा पुनः देवी निरौला बस्नेत चयन हुनुभएको छ ।
संस्थाको आइतवार विर्तामोडमा सम्पन्न नवौ बार्षिक साधारणसभा तथा अधिवेशनले निरौलाई पुुनः अध्यक्षमा चयन गरेको सचिव चन्द्रकुमार भट्टराईले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा रामलोचन न्यौपाने, सचिवमा चन्द्रकुमार भट्टराई, सहसचिवमा छविरमण अधिकारी र कोषाध्यक्षमा देवीप्रसाद अधिकारी चयन भएका छन् ।
९ सदस्यी कार्यसमिति सदस्यहरुमा टिकामाया भट्टराई, पूर्णबहादुर कार्की, विक्रम मादेन र अनिता मैनाली चयन भएका छन् ।
त्यस्तै श्याम (दिपेन्द्र) निरौलाको संयोजकत्वमा चन्द्रबहादुर बस्नेत र यशोदा बस्नेत सदस्य रहेको लेखा समितिमा चयन गरिएको छ ।
यसअघि नवौं बार्षिक साधारणसभाको उद्घाटन सत्रमा संस्थाकी अध्यक्ष बस्नेतले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा अघिल्लो वर्षको तुलनामा ३३.१९ प्रतिशतले बृद्धि गर्दै शेयर पूँजी तीनकरोड, ७७ लाख ९१ हजार पाँचसय पुर्याएको जानकारी गराउनु भयो ।
सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम गरेको संस्थाले आगामी वर्ष आफ्नै भवन निर्माणका लागि जमिन खरिद गर्ने लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष बस्नेतको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल, संस्थाका संस्थापक अध्यक्ष खड्क ओडारी, राष्ट्रिय सहकारी बैंकका मुना घिमिरे, केशव बस्नेत, राजेन्द्र बस्नेत, एकराज गिरी, बलराम कार्की, नयाँ उज्यालो साकोसका अध्यक्ष शुष्मा भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थालाई सहयोग पुर्याउने राजु बस्नेतलाई सम्मान–पत्रसहित सम्मान गरिएको कार्यक्रममा स्वागत रामलोचन न्यौपाने तथा सञ्चालन चन्द्रकुमार भट्टराईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसाना मझौलाको शेयर पूँजीमा ३३.१९ प्रतिशतले बृद्धि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img