Homeसमाचारनारी सञ्चार गृहलाई सहयोग

नारी सञ्चार गृहलाई सहयोग

विर्तामोड २३ कात्तिक । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थालसहयोग प्रदान गरेको छ ।
विर्तामोडमा मुख्य कार्यालय रहेको नयाँ उज्यालो सहकारीले संस्थाको अक्षयकोषका लागि नगद पाँचहजार एकसय रुपैयाँ सहयोग रकम प्रदान गरेको हो । विर्तामोडमा आयोजित संस्थाको आठौं बार्षिक साधारणसभामा सहकारीकी अध्यक्ष शुष्मा भण्डारी पौडेलले सञ्चारगृहका सचिव रेजिना गौतम, कोषाध्यक्ष शुशिला संग्रौला, सल्लाहकार इन्दु पूर्वेली, पत्रकार सुब्रत न्यौपाने, रोहित काफ्लेलाई संयुक्त रुपमा उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
२०६९ सालमा स्थापना भएको नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखी गत वर्षदेखि नारी सञ्चार प्रोत्साहन अक्षयकोष स्थापना गरी रकम संकलन गर्दै आएको छ । २५ लाखको अक्षयकोष खडा गर्ने लक्ष्य राखेको कोषमा हालसम्ममा ८ लाख बढी रकम जम्मा भइसकेको संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनारी सञ्चार गृहलाई सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img