Homeसमाचारकालिकाको मुनाफा सात लाख बढी

कालिकाको मुनाफा सात लाख बढी

शनिश्चरे १७ कात्तिक । अर्जुनधारा नगरपालिका–९ मा रहेको कालिका बहुदेश्यीय सहकारी संस्थाले आ.व. २०७५/०७६ मा सातलाख बढी मुनाफा आर्जन गरेको छ ।
कालिकापीठ–कालीस्थानमा आइतबार सम्पन्न संस्थाको १७ औं साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा ७ लाख ७० हजार ५ सय ५७ रुपैयाँ खुद मुनाफा भएको उल्लेख छ ।
संस्थाले शेयर सदस्यको सुविधाका लागि सञ्चालन गरेको सहुलियत पसल तथा प्रवाह गर्ने जमानी, धितो रोक्का, दृष्टिबन्धक रोक्का, सवारी, कर्मचारी सहुलियत, महिला उद्यमशील, बचत धितो, कृषि तथा साना ब्यवसाय लगायत कर्जामा पूँजी परिचालनबाट सो बराबरको मुनाफा भएको आर्थिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको अवसर पारेर संस्थाले सहकारीको विकासमा योगदान गर्ने श्रीमतीहरु मध्येबाट संस्थापक अध्यक्ष पदमलाल श्रेष्ठकी श्रीमती पूर्णलक्ष्मी श्रेष्ठ, जेष्ठ नागरिकतर्फ छविलाल भट्टराई, हरिप्रसाद मिश्र, पुष्पी चौधरी, रमादेवी मिश्र, उत्कृष्ठ बचतकर्तातर्फ युवराज काफ्ले र गुञ्जावती चौधरी, उत्कृष्ठ उद्यमीतर्फ राजु सापकोटा र बासुका पोखरेल तथा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ठ अङ्क ल्याई एस.इ.इ. उत्तीर्ण गर्ने विनायक रिजाललाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष कर्णबहादुर तामाङले संस्थाको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शेयर पूँजी बढाएर एक करोड ३० लाख पु¥याउने लक्ष प्रस्तुत गर्नुभयो । हाल संस्थामा महिला, पुरुष र समूह सदस्य गरी ७६० शेयर सदस्य छन् भने शेयर पूँजी एक करोड एक लाख सात हजार चारसय रुपैयाँ रहेको छ ।

जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकाल, सम्मानितमध्येबाट संस्थापक अध्यक्ष पदमलाल श्रेष्ठ, जिल्ला सहकारी संघका सदस्य टङ्कप्रसाद बराल, सतासी बहुमुखी सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठ, लालीगुरास कृषि सहकारी संस्थाका अध्यक्ष मेनुका पौडेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
स्थानीय पुनम, एलिना, रवि र पूजाले स्वदेश गानमा सामुहिक नृत्य प्रस्तुत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन लेखा समिति संयोजक गोपालकृष्ण खतिवडाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष योगप्रसाद मिश्रले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन केदारनाथ पोखरेलले गर्नुभएको ब्यवस्थापक दामोदर दाहालले जानकारी दिनुभयो ।
धेरैजसो कृषि पेशामा निर्भर रहेका शेयर सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले सहुलियत पसलमार्फत मल, विऊ, विजन, खाद्यान्न सामग्रीसहित दैनिक उपभोग्य सामग्रीहरु विक्री गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालिकाको मुनाफा सात लाख बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img