Homeसमाचारअब बन्ने सरकारसंग युवा पुस्ताको अपेक्षा, भ्रष्टाचार नियन्त्रण र रोजगारीको अवसर

अब बन्ने सरकारसंग युवा पुस्ताको अपेक्षा, भ्रष्टाचार नियन्त्रण र रोजगारीको अवसर

झापा । अब बन्ने नयाँ सरकारसंग जनताका असिमित आशा र अपेक्षा छन् । यो गत मंसीर ४ मा सम्पन्न आम चुनावबाट नेतृत्वमा पुगेका केही युवा पुस्ताप्रति युवा पुस्ताको आशा र भरोसा पनि धेरै छ ।
भ्रष्टाचार नियन्त्रण, शासकीय प्रणालीमा व्यापक सुधार, प्रशासनिक प्रणालीमा देखिएको अनावश्यक झण्झटको अन्त्य, भौतिक विकास, आर्थिक समृद्धि, सुशासन, गुणस्तरिय शिक्षा, स्वदेशमै रोजगारीको व्यवस्था अब बन्ने सरकारले गर्नुपर्ने युवा पंक्तिको माग छ ।
जीउ बेच्न नपरोस्, तरवार बेच्न् नपरोस्,
छोरा छोरी पढाउन बाबु आमाले घरबार बेच्न नपरोस्

पहिलो पटक मतदान गरेकी फुङ्लिङ नगरपालिका ताप्लेजुङकी सनुजा गौतमको यो खबरदारी अब बन्ने सरकारका लागि हो । आर्थिक अवस्था कमजोर भएका बाबुआमाले छोराछोरीको पढाईका लागि महंगो रकम खर्चनु पर्ने वर्तमान अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिंदै उनी भन्छिन्–‘परम्परागत शिक्षाले रोजगारी दिंदैन, त्यो भन्दा फरक विषय पढौं भन्यो भने अभिभावकले पढाई खर्च ब्यहोर्नै गारो छ ।’ यस्तो समस्या बोल्ने गौतम प्रतिनिधि पात्र हुन् ।
विभिन्न करबापत सरकारको ढिकुटीमा संकलन भएको पैसाको खर्च पारदर्शि हुनुपर्ने धनकुटाकी अस्मिता थापा बताउँछिन् । सरकारी संयन्त्र एकदमै पारदर्शि हुनुपर्नेमा जोड दिंदै थापा भन्छिन्–‘सरकारले गरेका हरेक कामबारे जनताले बुझ्न सक्ने हुनुपर्छ, कर कार्यान्वयनको अवस्था कस्तो भइरहेको छ ? मेरा बाबु आमाले तिरेको कर सही ठाउँमा कार्यान्वयन भएको छ कि छैन ? भन्ने बारेमा पढेलेखेका सन्ततीले हेर्न र बुझ्न सक्ने वातावरणको सिर्जना हुनुपर्छ ।’ सरकारले गरेका कामहरुमाथि नागरिकले पनि प्रश्न उठाउन सक्ने वातावरण हुनुपर्नेमा उनको जोड छ ।
निर्माण भएका कानून कार्यान्वयन हुन नसकेकोप्रति इङ्गित गर्दै थापाले थपिन–‘कानून बनाएर मात्र हुँदै त्यसको कडा इम्प्लिमेन्टमा ध्यान दिनुपर्छ । कानून बनाएर मात्र हुँदैन ।’
डक्टर, इन्जिनियरिङ, चाटर्ड एकाउण्ट जस्ता विषयमा ठूलो लगानी गरेर भविष्य खोजे पनि सीप अनुसारको काममा जाँदा स्यालरी बेस राम्रो नहुँदा लाखौं खर्चेर पढेकाहरुले पनि विदेशिनु परेको बताउँदै थापा भन्छिन्–‘जबमा जाँदा स्यालरी बेसको समस्याका कारण पढेका र नपढेका दुवै विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न लाग्नु पर्छ ।’
मुख्य गरी भ्रष्टाचार नियन्त्रण, सरकारी स्कूल क्वालिटी युक्त हुनुपर्ने, बाटाहरु गाउँ, गाउँमा पुग्नुपर्ने, पर्यटकीय क्षेत्रमा सरकारको विशेष ध्यान दिदैं अहिलेसम्म भएका गलत कामलाई अबको ५ वर्ष सुधारको बेसिक अवधीका रुपमा लिएर अघि बढ्नुपर्ने सुझाव दिंदै थापाले भनिन्–‘यो पाँच वर्षमा सुधार र रिसोर्सको बेसिक स्ट्रक्चर बसाउनुपर्छ, अनि अर्को ५ वर्षमा मात्रै एडभान्सका लागि बेस बन्छ ।’ धनकुटाकी थापा हाल काठमाडौंमा बसेर महंगो खर्चमा पढाईलाई निरन्तरता दिइरहेकी छन् । काठमाडोंकै एक होस्टेलमा बसेर अध्ययनरत उनी स्वास्थ्य क्षेत्रकी विद्यार्थी हुन् ।
म्याग्दीबाट काठमाडौंमा आएर अ भविष्य खोजिरहेकी सन्दिपा गौतम प्रत्येक नागरिकको इन्फरमेसन क्यास कारोबार पारदर्शि हुनुपर्ने बताउँछिन् ।
शिक्षा स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखिनुपर्ने उनको जोड छ । सन्दिपा भन्छिन्–‘प्रत्येक नागरिकको इन्फरमेसन र क्यास फर ट्रान्जेक्सनलाई ट्रान्सपरेन्सीका लागि डिजिटलाइजेसन हुनुपर्छ, शिक्षा स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिइनुपर्छ ।’ उनले थपिन्–‘कानून कार्यान्वयन र भ्रष्टाचारको अन्त्य हुनुपर्छ ।’
जीवनको भविष्य खोज्दै गरेका युवा पुस्ताको प्रतिनिधित्व गर्ने भविष्यका कर्णधारको आशा र अपेक्षालाई आशाको दियो बाल्न सकिएन भने अहिलेको नेतृत्वप्रति वितृष्णा अवश्य बढ्नेछ । तसर्थ युवा पुस्ताको आशा र अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअब बन्ने सरकारसंग युवा पुस्ताको अपेक्षा, भ्रष्टाचार नियन्त्रण र रोजगारीको अवसर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img