भद्रपुर २५ फागुन । झापाको सदरमुकाम चन्द्रगढीमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको सम्पन्न चौथो बार्षिक साधारण सभाले केन्द्रका संस्थापक अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
वडा कार्यालय चन्द्रगढीमा बुधबार सम्पन्नसभाले बरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष बाबुराम कार्की, उपाध्यक्षमा मिरा सञ्जेल, सचिवमा धनप्रसाद सिवाकोटी , सह सचिवमा निता बस्नेत र कोषाध्यक्षमा गणेशप्रसाद पौडेललाई सर्ब सम्मत चयन गरिएको हो ।
आगामी ३ बर्षे कार्यकालका लागि गठित समिति सदस्यहरुमा क्रमश ः शालिकग्राम नेपाल, शुसिला बस्नेत, लालबहादुर चहार, खड्गबहादुर बुढाथोकी, सिता साह र ज्योती न्यौपाने रिजाललाई सर्बसम्मत चयन गरेको निर्वाचन समिति संयोजक गोपालप्रसाद श्रेष्ठले बताउनु भयो ।
ज्ञानबहादुर चौहानको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भद्रपुर वडा नं १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, सामुदायिक बन उपभोक्ता समुह चन्द्रगढी अध्यक्ष दुर्गाप्रसाद भट्टराई, समाज सेवी देवेन्द्र गौतम, नेपाली कांगे्रस झापा क्षेत्र नं. ३ क्षेत्रीय सभापति गणेश पोखरेल, नेकपा माओवादी केन्द्रका नरेश सन्जेल, लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पाठक र पोखरेललाई बिषेश सम्मान समेत गरिएको थियो । डमर वनको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष कार्कीले गर्नु भएको थियो ।
चन्द्रगढीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा पाठक

































































































