भद्रपुर ५ पुस । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय२ नं गण झापाको कार्यभार सम्हाल्न झापा आउनु भएका गणपति प्रदिप कार्कीले झापाको चोरी तस्करी नियन्त्रण लगायतका कार्यहरु गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ ।
कार्यालय परिषर भद्रपुरमा पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै कार्कीले पत्रकारहरुलाई कमी कमजोरी औल्याइ दिन आग्रह गर्दै नियन्त्रणमा सक्रिय भएर लाग्ने बताउनु भएको हो ।
उहाँले जिल्लाका सिमा विवाद लगायतका चोरी तस्करी जस्ता अपराधजन्य क्रियाकलाप नियन्त्रण गर्न आफ्नो कार्यकाल सफल हुने दावी समेत गर्नुभयो ।
नेपाल भारत सिमामा रहेको कचनकवल ५ स्थित ६ विघा ७ कठा जगामा देखिएको विवाद भारतीय पक्षसंगको सहमतिमा समस्याको समाधान गरिएको बताउनु भयो ।
उहाँले झापा गाउँपालिका– ५ अन्तरगत पर्ने गौरीगञ्ज सिमा नाकामा भारतीय पक्षबाट निर्माण गरिएको वाल भारतीय पक्षसंगको सहमतिमा रोक्ने काम गरिएको तथा कचनकवल पाठामारीको १ सय १४ देखि १ सय २४ नं सम्मको सिमा स्तम्भ विवाद समेत आफूले जिम्मेवारी सम्हालेको हप्ता दिनमै समाधान गरिएको दावी गर्नुभयो । प्रमुख कार्की कैलालीबाट एकहप्ता अघि झापा आउनु भएको हो ।
‘चोरी तस्करी नियन्त्रणको प्रतिवद्धता’

































































































