Homeसमाचारगठबन्धनको मत सुरक्षित राख्न चनाखो हुनुपर्नेमा जोड

गठबन्धनको मत सुरक्षित राख्न चनाखो हुनुपर्नेमा जोड

इनरुवा ३ माघ । नेपाली कांग्रेसका १ नं. प्रदेश सभापति उद्धव थापाले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थर प्रभाव राख्ने बतायनु भएको छ ।
सुनसरीको इनरुवामा आयोजित राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी छलफलमा प्रमुख अतिथि रहनु भएका प्रदेश सभापति थापाले निरंकुशताको विरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि ५ दलीय गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन आह््वान समेत गर्नुभयो । १ नं. प्रदेशमा ५ दलीय गठबन्धनको मतभार बढी भएको बताउँदै थापाले केपी ओलीको अनेक हत्कन्डाबाट मत सुरक्षित राख्न गठबन्धनको जिल्ला र स्थानयि नेतृत्व साथै जनप्रतिनिधिहरु चनाखो रहनुपर्नेमा थापाको जोड थियो ।
कार्यक्रममा जनतासवादी पार्टीका बरिष्ठ नेता अशोक राईले केपी ओलीले विगारेको थिति र विधिलाई ठीक ठाउँमा ल्याउन ५ दलीय गठबन्धन एकजुट हुन आवश्यक रहेको बताउनु भयो । ओलीसंग भ्रष्टाचार गरेको पैसा बाहेक नीति, विधि र सिद्धान्त र विचार केही पनि नभएको टिप्पणी गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन अन्तरगत १ नं. प्रदेशमा केपी ओलीले प्रतिष्ठाको विषय बनाएको बताउँदै अत्यन्तै चनाखो भएर आफ्नो मत सुरक्षित गर्न पाँचदलिय गठनबन्धन लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, नेकपा माअ‍ोवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र मेहत्ता, राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य विशाल पहाडी लगायतले मन्तव्य राख्दै राष्ट्रिय सभा निर्वाचनमा मत सुरक्षित गर्ने कुरामा सचेत र सजग रहनुपर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश–१ बाट राष्ट्रिय सभाका उम्मेद्वारहरु गोपालकुमार बस्नेत, जयन्ती राई र हेमराज राईले मन्तव्य राख्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगठबन्धनको मत सुरक्षित राख्न चनाखो हुनुपर्नेमा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img