Homeसमाचारशेर्माको घर निर्माणका लागि हङकङबाट आयो एकलाख

शेर्माको घर निर्माणका लागि हङकङबाट आयो एकलाख

झापा । कनकाई नदीको बाढीले कटान गरेर घरबारविहिन बनेकी झापा शिवसताक्षीकी तारा शेर्माको घर निर्माण सुरू भएकै दिन हङकङबाट एक लाख सहयोग जुटेको छ।
मेची अभियानमार्फत शेर्माको स्थायी बसोबासका लागि निर्माण हुन लागेको जस्ताको छानासहितको आरसिसी घर निर्माणका लागि एक लाख जुटेको अभियानका संयोजक विजय डालमियाँले जानकारी दिनुभयो।
डालमियाँका अनुसार हङकङ नेप्लिज मोबाइल फोटोग्राफी फेसबुक समूहले बाढीबाट विस्थापित भएकी शेर्माको घर निर्माण सहयोगार्थ एक लाख मेची अभियानलाई प्रदान गरेको हो।
सामाजिक सञ्जाल ‘फेसबुक’मा शेर्माको तस्वीर र घर निर्माणसँग सम्बन्धित अन्य फोटो पोष्ट गरेपछि समूहका सदस्यहरूले रकम संकलन गरेर पठाएको अभियानकी सदस्य भूमिका सुब्बाले बताउनु भयो।
‘फेसबुक प्रयोगकर्ताहरूको एउटा समूह छ। हङकङमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदी बहिनीसमेत सहभागी उक्त ग्रुपले संकलन गरेर पठाएको रकम शेर्माको घर निर्माणका लागि पहिलोपटक अभियानको खातामा जम्मा भएको सुब्बाले बताउनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशेर्माको घर निर्माणका लागि हङकङबाट आयो एकलाख
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img