Homeसमाचारविकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न. वडा समितिले अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
वडा समिति सभापति शालिकग्राम नेपाल, नेपाली कांग्रेस पूर्व झापा जिल्ला सदस्य देवेन्द्र गौतम लगायतको टोलीले आइतवार वडाध्यक्ष टेकबहादुर खड्का काजीको कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा हात्तीको आक्रमण नियान्त्रणका लागी पहल गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने , सडकबत्तीको मर्मत संभार, खानेपानी विस्तार, सडक ग्राभेल, लगायतका विभिन्न १० वटा माग समावेश गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष खड्काले विकास निर्माणको कार्यमा आफुले कसैलाईल पनि भेदभाव नगरेको उल्लेख गर्दै वडाका समस्याहरु समाधान गर्नका लागि नगरपालिकाको सहयोगमा वडा कार्यलय प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
उहाँले हात्ती आक्रमण नियान्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले वडाका ११ सय ९ वटै पोलहरुमा सडक बत्ती जडान गरेर सडक बत्तीलाई पूर्णता दिने प्रतिवद्धता जनाउनु भयो ।
सहभागी खानेपानी उपभोत्ता तथा सरसफाई समिति चन्द्रगढीका अध्यक्ष पुरुषोत्तम अधिकारीले नवनिर्मित खानेपानी टंकीलाइ अहिलेसम्म नेपाल सरकारले उपभोक्ता समितिलाई स्वामित्व हस्तान्तरण नगर्दा पुरानै टंकीबाट उपभोक्ताहरुलाई आफुहरुले खानेपानी उपलब्ध गराउन बाध्य भएको बताउदै खानेपानी वितरणमा कसैलाई आग्रह पूर्वाग्रहले नहेरिएको स्पष्ट पार्नुभयो ।
उहाँले आफनो कार्यकाल रहुन्जेल खानेपानीमा कुनै राजनीति नगर्ने र कसैलाई पनि गर्न नदिने बताउदै सबै उपभोक्ताहरुलाई समान रुपमा खाने पानी पुर्याउने प्रतिबद्धता समेत जनाउनु भयो ।
अध्यक्ष अधिकारीले नवर्निमत टंकीलाई पुनः मर्मत संभार गर्दै आगामी दशैं अगाडी नै उक्त टंकीको पानी वितरण गर्ने योजनामा समिति रहेको समेत जानकारी गराउनु भयो ।
कार्यलयमा समिति उापाध्यक्ष रेखा अधिकारी कोषाध्यक्ष जगदिश जोशी लगायतका खानेपानी उपभोक्ता समिति पदाधिकारीहरु लगायतको सहभागिता थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img