Homeसमाचारविपन्नलाई आत्मनिर्भर बनाउन बाख्रा वितरण

विपन्नलाई आत्मनिर्भर बनाउन बाख्रा वितरण

खुदुनावारी । विपन्न समुदायलाई बाख्रा पालनको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप अर्जुनधारा नगरपालिका वडा नं.–३ का २२ घर परिवारलाई आइतबार आयोजित एक कार्यक्रममार्फत उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
नगरको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले व्यावसायिक बाख्रा पालनको माध्यमबाट आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले अर्जुनधारा–३ स्थित भित्रीगाउँका विपन्न समुदायका परिवारलाई आइतबार एक निःशुल्क बाख्रा वितरण गरिएको हो ।
शाखाले गत आर्थिक वर्षदेखि सुरु गरेको भित्रीगाउँ नयाँ बाख्रा पकेट प्याकेज कार्यक्रम अन्तर्गत प्रतिपरिवार चार÷चारवटाका दरले ८८ वटा बाख्रा वितरण गरेको शाखा प्रमुख पदमलाल राईले जानकारी दिनुभयो ।
गत आवको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पहिलो चरणमा समूह गठन, बाख्रा पालन सम्बन्धी तालिम, खोर निर्माण तथा घाँसको बीऊ वितरण गरेको शाखाले दोस्रो चरणमा उक्त बाख्राहरु वितरण गरेको हो ।
भित्रीगाँउ नयाँ बाख्रापालन समूहकी अध्यक्ष अनुपा मंग्रातीको अध्यक्षता तथा नगरप्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर प्रमुख रानाले नगरमा रहेका बासिन्दाहरु मागिखाने भन्दा, गरिखाने होऊन् भन्ने उद्देश्यले किसानलाई बाख्रा वितरण गरिएको बताए । नगरले उपलब्ध गराएको बाख्रालाई बीऊ पुँजीको रुपमा लिन नगर प्रमुख रानाले आग्रह गरे । कार्यक्रममा नगर प्रमुख रानासँगै उपप्रमुख कमला खतिवडा आचार्य, वडाध्यक्ष जीवनकुमार भण्डारी, नगर आर्थिक समितिकी संयोजक दिलमाया दासलगायतले स्थानीय केदार भट्ट र चित्रकला रम्तेललाई बाख्रा वितरण गर्दै कार्यक्रमको शुरुवात गरेका थिए । बाख्रा पाउनेहरुमा अनुपा मंग्राती, ओमकुमारी वि.क., उर्मिला ठटाल, उर्मिला पौड्याल, कमला बराइली, कृष्णप्रसाद न्यौपाने, खड्गबहादुर रम्तेल, गीतादेवी भट्टराई, गोमादेवी श्रेष्ठ, देवीमाया न्यौपाने, धनमाया दर्जी, नेत्रप्रसाद अधिकारी, नैना कुँवर, पवित्रा पौड्याल, फूलमाया दर्जी, मनमाया बोहोरा, मनमाया तामाङ, संगिता श्रेष्ठ, सावित्रा धमला र ज्ञानप्रसाद न्यौपाने रहेका छन् । वितरण गरिएको बाख्राहरुको मूल्य ढुवानीसहित सात लाख रुपैयाँ रहेको प्रमुख राईले जानकारी दिनुभयो ।
त्यसैगरी सोही कार्यक्रममार्फत् उनीहरुलाई खोर निर्माण गर्न साझेदारीरुपमा दुई लाख रुपैयाँ र ९० हजार रुपैयाँ बराबरको भिटामिन समेत वितरण गरिएको थियो । सोही कार्यक्रममा अर्जुनधारा नगरपालिका र नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखालाई समूहको तर्फबाट सम्मान पत्रबाट सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख राना, उपप्रमुख आचार्य, वडाध्यक्ष भण्डारी, स्थानीय बुद्ध बराइलीलगायतले बोलेका थिए ।शाखाका प्राविधिक बेनुकुमार बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख राईले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविपन्नलाई आत्मनिर्भर बनाउन बाख्रा वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img