Homeसमाचारसमाचारनेकपाद्वारा ४ लाखको चामल राहत

नेकपाद्वारा ४ लाखको चामल राहत

पूर्णीमा सहकारीको २५ हजार सहयोग

विर्तामोड २४ चैत । विर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापन कोषमा न्ेपाल कम्युनिष्ट पार्टी नेकपा विर्तामोडले ४ लाख मूल्य बराबरको चामल हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस संक्रमण जोखिम कम गर्न निरन्तर लकडाउन भएपछि दैनिक रुपमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएकालाई राहतस्वरुप खाद्यान्न वितरणका लागि नेकपा नगर कमिटी विर्तामोडले चारलाख मूल्य बराबरको एकसय क्वीन्टल चामल नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई हस्तान्तरण गरेको हो ।
नगर अध्यक्ष ज्ञानुराम प्रसाईले चामल हस्तान्तरण गर्दै राहतमा विभेद नगरी विहान बेलुका जोर्नै समस्या भएकालाई उपलब्ध गराउन नगरप्रमुखलाई आग्रह गर्नुभयो ।
सो अवसरमा नगर उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, नेकपा नगर कमिटी इन्चार्ज युवराज दाहाल, सचिव मोहन सुब्बा, जिल्ला सदस्य अरुण श्रेष्ठ, ब्यवसायी सुवास भटराई, यम विमली, सञ्चारकर्मी भीमा शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।


यसैबीच विर्तामोडस्थित पूर्णीमा बचत तथा ऋण सहकारी संस्थाले राहत कोषका लागि २५ हजार रुपैया सहयोग प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष छविलाल विश्वकर्मा, विरबहादुर दर्नालसहितको टोलीले नगरले स्थापना गरेको कोषका लागि नगरप्रमुख शिवाकोटीलाई रकम हस्तान्तरण गरेको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारनेकपाद्वारा ४ लाखको चामल राहत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img