शनिश्चरे २८ कात्तिक । अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुद्देश्यीय सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ ।
स्थानीय शिव मन्दिरमा आयोजित साधारणसभामा संस्थालाई सहयोग पुर्याउने लिलाजङ्ग थापा र सन्दिप घिमिरेलाई प्रसंसा–पत्रद्वारा सम्मान गरिएको थियो भने संस्थाका ज्येष्ठ सदस्य भगवती भण्डारी, असल ऋणी मनमाया तामाङ, असल बचतकर्ता चन्द्रकला सुवेदी, उत्कृष्ट बचत तथा ऋणी दुर्गादेवी विष्ट, उत्कृष्ट बाल बचतकर्ता खुश्वु नेपाललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष निर्मला पौडेलको अध्यक्षता तथा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा अध्यक्ष पौडेलले संस्थाको बार्षिक प्रतिवेदन र लेखा समितिका सदस्य गायत्रा सिटौलाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आव २०७५/०७६ मा सातलाख ३४ हजार छसय ९८ रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरिएको छ । ४४ लाख ११ हजार शेयरपुँजी रहेको संस्थामा पाँचसय ८९ जना सदस्य रहेको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, जिल्ला सहकारी संघ झापाका सदस्य टंक बराल, सहकारी संघ अर्जुनधारा नगर समन्वय समिति संयोजक प्रेमसागर सापकोटा, अर्जुनधरा नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राई, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कण तामाङ, लालीगुराँस महिला कृषि सहकारी संस्थाका अध्यक्ष मेनुका पौडेल, श्रद्धा कृषि सहकारी संस्थाका सचिव कृष्णप्रसाद चापागाँई, आयोजक संस्थाका संस्थापक दिपेन्द्र काफ्ले, लेखनाथ पोखरेल, शनिश्चरे प्राकृतिक स्वास्थ्य उपचार केन्द्रका सञ्चालक कविता मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
व्यवस्थापक तुलसा कुँवरले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्ली घोर्साईले गर्नुभएको थियो ।
प्रज्वलाको मुनाफा सातलाख ३४ हजार छसय ९८

































































































