भद्रपुर २६ कार्तिक । भारतीय नगरिकलाइ झुठा विवरण बनाइ नेपाली नागरिकताको सिफारिस गर्ने ४६ जनामध्ये पक्राउ परेका ६ जनालाई जिल्ला अदालत झापाले पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको १,२,३ र ५ नं इजलासका न्यायधिसहरु क्रमशः किरणकुमार पोखरेल, युवराज गौतम, नारायणप्रसाद पराजुली र सन्तोषप्रसाद पराजुलीको संयुक्त इजलासले उनीहरुलाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
झुठो विवरण पेश गरि नागरित्ता दिलाउने र सिफारिस गर्न सहयोग गर्ने विर्तामोड नगरपािलका वार्ड नं ८ का सचिव लोराज बराल, जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजेन्द्र न्यौपाने, भारतीय नागरिक मुस्तफा आलम, नक्कली बाउ बनेर नागरिकताको कागजात मिलाइ दिने टेकबहादुर गुरुङ्ग, जिल्ला प्रशासन कार्यालय अगाडी फोटो स्टुडियो संचालन गर्दै आएका प्रेम तिम्सिना र विकेन्द्र भन्ने भीमबहादुर लिम्बुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।
उनीहरुमध्ये पे्रम तिम्सिना र भीमबहादुर लिम्बुलाई विभिन्न ८ वटा मुद्दाको कसुरमा धरौटीमा छोड्ने भन्ने निर्णय भए पनि लिखत सम्बन्धी मुद्दाको कसुरका कारण थुनामा राख्न आदेश भएको अदालतका शाखा अधिकृत अमर बहादुर निरौलाले बताउनु भयो ।
झुटा नागरिकता काण्डका ६ जना थुनामा

































































































