HomeFeatured 2फोहोरसंग खेलेर अनाथाश्रमलाई जग्गा जोड्दै ढुङ्गाना

फोहोरसंग खेलेर अनाथाश्रमलाई जग्गा जोड्दै ढुङ्गाना

बिर्तामोड असार । परबाट हेर्दा सुुकिलो जस्तो देखिएपनि यो फोहोरको डङ्गुर हो । फोहोरको डङ्गुर माथि खेल्ने एक युवा जो भजन गायकमात्रै होइनन् माओवादी द्वन्द्वकालका लडाकू पनि हुन् ।
पछिल्लो ८ वषयता उनी एउटा सपना बोकेर फोहोरसंग खेलिरहेका छन् । फोहोरसंग खेलेर आफू धनी बन्ने सपना होइन उनको । फोहोरलाई मोहोरमा बदलेर बेसहाराहरुको सहारा बन्ने दृढ संकल्प रहेको उनी बताउँछन् ।
अनाथ, अपाङ्ग र बेवारिसे भएकाहरु मानिसहरुलाई आश्रय दिने दृढ संकल्प बोकेर हिडेका गणेश ढुङ्गाना विगत ८ वर्षदेखि फोहोरमा रमाइरहेका छन् । फोहोरमा खेल्दा खेल्दै संकल्प पूरा गर्नका खातिर २ कठ्ठा ७ धुर जग्गा समेत जोड्न सफल भए ।
स्वच्छ समाजको लागि सामाजिक अभियान नामक संस्थाका अध्यक्ष समेत रहेका ढुङ्गानाले सोही संस्थामार्फत समाज सेवाका क्षेत्रमा पाइला अघि बढाएका हुन् ।
पर्याप्त जमिन जुटाउने क्रममा लागि गरेका उनी दुनियाँले फोहोरका रुपमा फालेका प्लाष्टिकका बोटल, शिशा, सिरिञ्ज, प्लाष्टिक लगायतका सामग्री खोजेर हिड्छन् ।
बोरामा फोहोर संकलन गर्छन् र आफैं सिटी सफारीमा लोड गर्छन् । अनि सिटी सफारी पनि आफैं कुदाउँछन् र दैनिक फोहोर जम्मा गर्ने ठाउँमा ल्याएर त्यसलाई छुट््याउन थाल्छन् ।
हातमा ग्लोब्स र खुट्टामा गम्बुट लगाएर फोहोरलाई छुट्याउँदै गरेका ढुङ्गाना आफ्नो शरीर भरी शिशा नै शिशा भएको जस्तो अनुभूति हुन थालेको बताउँछन् । उनी भन्छन्–शरीरभरी शिशा छ, जिउ सबै पोल्छ, तर, एक्लै व्यक्ति कुदेर पनि हुँदोरछ ।’ शिशाका टुक्राले काटेर रगत बग्दै गरेको हातको औंला देखाउँदै ढुङ्गानाले भने–‘म कस्तो ठाउँमा हिंडिरहेको छु जस्तो लाग्छ ।’
यमराजले सजायँ दिंदा कता काँडैकाँडामा हिडाउछन् रे, कहिले शिशै–शिशा माथि हिंड्न पर्छ रे भन्नेको सुनेको उल्लेख गर्दै ढुङ्गानाले भने–कतै म हिंडेको बाटो पनि त्यही पो हो कि ! जस्तो लाग्न थालेको छ ।

No photo description available.


बजारमा भेटिएका प्लाष्टिकका बोतल, शिशाका बोत्तल, हस्पिटलले चलाइर पालेका सिरिन्ज समेत ल्याउँछन् र सिरिन्ज भित्र रहेको निडिल (सुई) संकलन गर्छन् । यसरी ग्रेडिङ गरेको सिरिन्ज किलो हिसावमा बेच्ने गरेको बताउँछन् । संकलित फोहोर देखाउँदै उनी भन्छन्–‘छुट्याउन जान्ने हो भने यो सबै पैसा हो, हस्पिटलले फालेका सुईबाट राम्रो आम्दानी हुन्छ, तर काम गर्न चै गारो छ ।’
जग्गा जोडेपनि अहिले जोडेको जग्गाले मात्रै उद्देश्य अनुसार काम गर्न अझै पनि जमिन अझै अपर्याप्त छ । दाताको सहयोग र फोहोरबाट संकलित सामग्रीबाटै २ कठ्ठा जमिन जोड्न सफल भएको उनले सुनाए । उनका अनुसार खरिद गरेको जमिनको केही रकम तिर्न बाँकी छ । ढुङ्गानाको प्रयासले फोहोरमोहोरमा बदल्ने इच्छाशक्ति भयो भने असंभव छैन भन्ने स्पष्ट पार्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2फोहोरसंग खेलेर अनाथाश्रमलाई जग्गा जोड्दै ढुङ्गाना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img