Homeसमाचारसमाचारकोरोना संक्रमण नियन्त्रणका लागि साझा पहल

कोरोना संक्रमण नियन्त्रणका लागि साझा पहल

विर्तामोड १५ चैत । विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणको पहलका लागि झापाका निजी अस्पताल, ब्यावसायिक संघसंस्था, सहकारी र गैरसरकारी संघसंस्थाहरुले साझा प्रयत्न गर्ने भएका छन् । झापाको विर्तामोडमा आज सम्पन्न सर्वपक्षीय वैठकले संक्रमण नियन्त्रणका लागि निजी अस्पताल, उद्योग बाणिज्य संघ, सहकारी र गैरसरकारी संघसंस्थाले साझा प्रयत्न गरी उपचार, उपचार कोषमा रकम बृद्धि तथा विपन्न परिवारलाई खाद्यान्नको ब्यवस्थापन गर्ने सहमति गर्दै साझा प्रयत्न थाल्ने निर्णय गरेका हुन् ।
झापाका निजी अस्पतालहरुले आजदेखि फिवर क्लिनिक सञ्चालन गर्ने भएका छन् । कोरोना संक्रमणको डरका कारण निजी अस्पतालले अन्य विरामीको पनि स्वास्थ्य परीक्षण गर्न छाडेको गुनासो आएसँगै अस्पताल सञ्चालकहरुसँग आज विर्तामोडमा बसेको बैठकपछि उनीहरु फिबर क्लिनिक चलाउन र अस्पतालका गेट खुल्ला राख्न तयार भएका हुन् ।
वैठकपछि अस्पताललाई आवश्यक पर्ने पि.पि.इ. लिनका लागि बुद्धशान्ति गाउँपालिकाका अध्यक्षको समन्वयमा गाडी काठमाडौं गइसकेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलीसम्ममा निजी अस्पताललाई पि.पि.इ. उपलब्ध हुने र पर्सीबाट विर्तामोडस्थित वि.एण्ड.सी. अस्पतालले कोरोना संक्रमणको शंका लागेका विरामीको स्वास्थ्य परिक्षण गर्न शुरु गर्नेछ ।


साथै अरु निजी अस्पतालहरुलाई पनि पि.पि.ई उपलब्ध गराउने बताइएको छ । त्यसैगरी विपन्न परिवारलाई राहत ब्यवस्थापनका लागि पहल गर्न आजै बैठक सम्पन्न भएको छ । जिल्लास्थित उच्चस्तरीय कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको आयोजनामा विर्तामोडमा सम्पन्न उद्योगी ब्यवसायी र गैह्रसरकारी संस्था, र सहकारीका प्रतिनिधिहरु सहभागी बैठकले उपचार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छन् ।
जसअन्तर्गत मेची, विर्तामोड र दमक उद्योग बाणिज्य संघले उपचार कोषमा २÷२ लाख र उद्योग बाणिज्य संघका अरु शाखाले १÷१ लाख रुपैयाँ उपचार कोषमा जम्मा गर्ने सहमति गरेको उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो ।
उद्योग तथा ब्यावसायिक क्षेत्रमा कार्यरत मजदुरलाई खाद्यान्नको ब्यवस्थापन गर्ने, सहकारी संघले विपन्न वर्गका नागरिकलाई खाद्यान्न तथा राहतको ब्यवस्थापन गरी स्थानीय संघसंस्थाको समन्वयमा वितरण गर्ने, दैनिक उपभोग्य सामग्री मौज्दातको तथ्याङ्क जिल्ला अनुगमन तथा समन्वय समितिलाई उपलब्ध गराउने, प्याब्सन, एनप्याब्सन र निजी तथा सामाजिक संघसंस्थालाई उपचार कोषमा सहयोगका लागि आह्वान गर्ने, दैनिक खाद्यान्न लगायत उपभोग्य बस्तुको विक्री वितरण र आपूर्ति सहज बनाउँदै ब्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ ।
राजनीतिक दल, निजी क्षेत्रका प्रतिनिहिरुको सहभागिता रहेको बैठकमा नेकपा झापा अध्यक्ष जीवन पाठक, नेपाली कांग्रेस झापा सभापति उद्वव थापा, जिल्ला समन्वय समिति झापा संयोजक सोम पोर्तेल, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला प्रहरी प्रमुख कृष्ण कोइराला, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल लगायत दुई दर्जन बढी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
श्री नयाँ श्रीनाथ गणका अमरजंग थापा, सशस्त्र प्रहरीका रेशमकुमार थवसू, रेडक्रस झापाका सभापति लोकराज ढकाल, बिर्तामोड सभापति सजेश शिवाकोटी, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् संवाद समूह झापाका प्रतिनिधि एकराज गिरी, गैसस महासंघ झापाका उपाध्यक्ष कुमार चुडाल, सचिव सोमराज ढकाल, केन्द्रिय सदस्य छविलाल खतिवडा, समाजवादी पाटी झापाका तिलबहादुर राई(अभिशेक), दमक उद्योग वाणिज्य संघका गोकुल श्रेष्ठ,राजु खड्का, भरत चम्लागाई, कनकाई उद्योग वाणिज्य संघका त्रिलोचन चिमरिया, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सचिव युवराज ढकाल, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष मोहन निरौला, हार्डवेयर ब्यवसायी संघका अध्यक्ष मातृका कोइराला लगायतले कोरोना भाइसरको महामारी रोक्न आ–आफ्नो ठाँउबाट विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
बैठकले कोरोना भाइरस नियन्त्रणका लागि एक जुट भएर लाग्ने निर्णय गरेको छ । झापामा कुनै असहज परिस्थिति नआओस् भनेर जिल्लाका क्रियाशिल संघसंस्था लागि परेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारकोरोना संक्रमण नियन्त्रणका लागि साझा पहल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img