HomeFeatured 2तीजको पौराणिक कथासंग आधारित रहेर आज आधुनिक समाजसम्मको तीजको स्थिति

तीजको पौराणिक कथासंग आधारित रहेर आज आधुनिक समाजसम्मको तीजको स्थिति

माता पार्वतीले आफुले इछ्याएको, मन पराएको श्रीमान पाउन शिवजीको व्रत बसि शिवलिङ्गको स्थापना गरि आरधाना गरेको र मनोइछ्या पुर्ण भएकोले भाद्र शुक्ल द्धितिय देखि पन्चमी सम्म मनाइने सो दिन चाड या दिवसको रुपमा नेपाली हिन्दु महिला बाट सुरु भएको यो चाड अहिले अरु जातजाति समुदाय मिलेर एक अर्कासंग माया साटासाट गरि रमाइलो पर्वको रुपमा नेपाल, भारत र अरु देशमा जहाँ नेपालीहरुको बाहुल्यता छ त्यहाँ पनि मनाइने गरिन्छ ।
यो चाडमा माइतीले छोरी चेलीलाइ बोलाएर मिठामिठा खानेकुरा ख्वाउने, बर्षायाममा धान रोपाइँ सकेर कम्जोर भएकी छोरीलाई पोषिलो ख्वाएर फेरि घर धान्न सक्ने बनाउने, धेरै छोरीहरु भएपनी एकआपसमा भेट नहुने र टाढा बाटोघाटोको असुविधा भएकोले बुवा( दाजुभाइ लिन जाने दर ख्वाउने , व्रत बस्ने चलन थियो तर अहिले आधुनिक समाजमा धेरै सहज भएको छ ।
माइत जान आउन, बोल्न, खान लाउन, हेर्न बुझ्न, कुनै अभाव छैन ईन्टरनेटको जवाना छ गाडी बाटो सबै सुविधा छ जुन समय पनि उपयुक्त नै हुन्छ सबै सहज भएको र अचेल प्रायः समाजमा विभिन्न संघ संस्था, टोलका महिलाहरुको तीज भेटघाट, तीज मिलन कार्यक्रमहरु गरिन्छ र सो दिन दर खाने ख्वाउने खिर, ढकने अचार सब्जी समेत खाएर नाचेर मनाइन्छ ! धेरै संघ संस्था, टोल समाज साथीभाइ इष्टमित्र मिलेर गर्ने भएकाले तीजको दरखाने दिनले मात्र समय नपुग्ने भएकाले १२–१५ दिन अघिदेखि छुट्टाछुट्टै गर्दा अलि बढी नै भयो कि ! भन्ने लाग्नु स्वाभाविक हो तर बुझ्न पनि जरुरी छ र दर खाने दिन (ब्रतको अगिल्लो) चाहिँ आफ्नो घरमा आफन्तसंग खाइन्छ ।
यस्ता गाउँ शहरमा गर्ने तीज र ठूला काठमाडौं जस्ता शहरमा चारतारे होटलमा गर्ने हुने तीजको दरको छुट्टै ब्याख्या छ । गाउँ घर साना सहरमा गरिने तिज सादा सिम्पल सारी, पोते चुरा लगाएर खिर, ढकने पकाएर एक आपसमा गीत संगिनी केही रमाइला खेल, नाटक, कविता वाचन आदिले सजिएको हुन्छ भने ठूला शहरिया केही महिलाको तीज धनाड्या, धुसखोर भष्टाचारीका श्रीमती जो संग पैसाको कमी हुन्न उनीहरुले चारतारे, पाँचतारे होटलको डिस्को तीज अनि त्यस्तै हेर्न र सुन्न नसकिने गीत त नाच संग सबैलाइ दाज्न मिल्छ र ? अनि सारा महिलालाई नकारात्मक रुपले आरोप लगाइदिने ? अनि हरेक बर्ष तीज विशेष भनेर निकालिएका तीजका गीत, नाचले हामी माइती चेली बुवाआमाको अघि हेर्न सुन्न नसकिने हुन्छन् ती गायक गाइकाले गीत रिलिज गर्दा प्रयोगात्मक रुपमा सेन्सर पास गरिदैन ? आफू भाइरल हुन जे निकालिदिने ? अनि ती सोझा साझा गाउँ घरकाले त गीत बनाएका होइनन् होला त ! बजारमा गीत युटुवमा गीत बज्छ त्यस्मै हल्लिन्छन् के दोष ? अनि हाम्रो सानो शहर, गाउँ समाज म बसेको टोल बदनाम भइ दिनुपर्ने ? त्यस्ता छाडा गीत निकाल्नेलाइ कार्वाही गर्नु पर्छ कि पर्दैन ?
अनि अर्को कुरा पनि मनमा आइहाल्यो ! महिलाहरुले पोहोर परार या बिहेको या संघसंस्थाको एउटै होस् भनेर ३—५ सयका हुन राता सारी लगाएर घरको काम चाँँजोमाजो मिलाएर धेरै भन्दा १२—१५ दिन अगाडि संघ संस्था समाज टोल भ्याएर तीज भेटघाट रमाइलो गर्न निस्किदा उ हिंडी तीजमा बुरुकबुरुक नाच्न बिचरा श्रीमान चै भोकभोकै घरमै झोक्राएर बसेको होला भात पनि खान पाएको छैन होला भनेर अर्काको घरको चियो चासो राख्ने महापुरुषहरु ३६५ दिन नै दर खाँदा सोच्नुस् त ती घरकी श्रीमतीको हालत कस्तो होला । जहिले साथीभाइ होटल आज टेन्सन भो अर्को दिन खुशी फेरि शुक्रबार हाफछुट्टी बिदाको दिन आज पाउना ! वा रे वा सधैं तीजै तीज ! महिना मर्दा सबै तलब स्वाहा ! श्रीमतीको भान्साको सबै रासन देखि सबै किन्ने बेला भाको थियो ! उहाँलाई यसपाली यताउता गरेर चला पैसा छैन भन्दिंदा भैगो ।
आर्थिक अभावमा जहिले पिल्सिएको ती महिला एक दिन मन भुलाउन साथीसंगी रहरले होस या त्यस्को बुढोले त कहिँ हिड्न दिदैन रे भनाइ खाने डरले श्रीमान कै इज्जत बचाउन होस जान्छे अनि फेरि तीज नाच बुरुक बुरुक भन्ने पगरी गुत्छे ! हे योग्य मानव ! यसरी डाहा नगरेको राम्रो । नाचेरै कोहि महिला बिग्रन्छे भने उ आफैं एक्लै बिग्रिन्न तपाईं पुरुषकै साथ पाएर बिग्रिने हो । है मैले बुझेको चै । सबैको जय होस् ।
२०८१ सालको तिजको सबै सबैमा शुभकामना ।
देवादीदेव श्री पशुपति नाथदेवले सबैलाई सतबुद्धी दिउन् १ हरि ॐ ११
९ कसैको ब्यक्तिगत जीवन वा परिवारमा मेल खान गएमा संयोग मात्र हुनेछ ०
रिजाल महिला दबाब समूह झापाकी अध्यक्ष हुनुहुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2तीजको पौराणिक कथासंग आधारित रहेर आज आधुनिक समाजसम्मको तीजको स्थिति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img