Home समाचार समाचार कलाकारितामा रम्दै : अर्जुन

कलाकारितामा रम्दै : अर्जुन

रोसन भट्टराई
बुधबारे । १८ बर्षका अर्जुन भट्टराईको दैनिकी स्केचमा वित्न थालेको छ । कलाकारदेखि लिएर प्रत्येक मानिस वा ब्यंङ्गात्मक स्केच बनाउन उनी अब्बल देखिन्छन् । 
म्याग्दी जिल्लास्थित बेनीमा जन्मिएका अर्जुन भट्टराई आफ्नो सीप र चित्रकलाका कारण यतिवेला उनी चर्चित मात्रै बनेका छैनन्, कलाकारितालाइ आम्दानीको गतिलो स्रोत पनि बनाएका छन् । 


एउटा सामान्य पेन्सिल स्केच बनाउन ८ देखि १० घण्टा सम्म लाग्ने उनले बताए । त्यसरी बनाइएको स्केचको २ हजारदेखि तीनहजार रुपैयाँसम्म लिने गरेको उनले बताए । ‘शुरुशुरुमा केही छाँयाचित्रहरु फ्रि मा बनाएँ,’–उनले भने–‘स्केच गर्न निक्कै समय लाग्छ, मेहनत पनि उत्तिकै छ । त्यसैले अहिले रकम लिन थालेको छु ।’
अध्ययनको सिलसिलामा काठमाडौंमा बस्दै आएका उनले ६ महिना अघिदेखि चित्रहरु बनाउन थालेका हुन् । ब्यवसायिक रुपमा स्केच बनाउन थालेका उनले छोटो समयमा नै  ८० बढी स्केचहरु बनाइसकेको बताए । 


आफ्नो हबीका कारण शुरुवातमा उनी जनावर, फूल, मठ–मन्दिर आदिको स्केच गर्थे । वातावरण÷पर्यावरणीय सन्देश दिने ती चित्रकलाबाट करियर शुरु गरेका उनले मानिसको चित्र बनाउन थालेको छोटो समयमा नै लोकप्रियता कमाएका छन् भने राम्रो चित्रकारका रुपमा चिनिन पनि थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार कलाकारितामा रम्दै : अर्जुन

Most Popular

अमिलो उद्योगबाट अवैध सूर्ती बरामद

झापा । विर्तामोड नगरपालिका–५ एकताटोलमा सञ्चालित अमिलो उद्योगबाट प्रहरी अवैध रुपमा राखिएको सूर्ति बरामद गरेको छ ।विर्तामोड–५ एकताटोलस्थित विवेक पाण्डेको घर भाडामा लिई पुष्प...

निर्मलाले जन्माइन ३ बच्चा, आमा र बच्चा दुवै स्वस्थ

झापा । झापा मेचीनगर–९ की एक महिलाले ३ वटा बच्चा जन्माएकी छन् ।मेचीनगर–९ की निर्मला विष्ट रिजालबाट आइतबार विर्तामोडस्थित मनमोहन हस्पिटलमा पहिलो...

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन कांग्रेसको माग

भद्रपुर । सर्वसाधारण जनताले प्रत्यक्ष सरोकार राख्ने वडाका समसामयिक विकास निर्माणका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस भद्रपुर– १० न....

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश आफ्नै भवनमा

विराटनगर । स्थापनाकालदेखि नै भाडामा बस्दै आएको नेपाल पत्रकार महासंघ–१ नं. प्रदेश समितिको कार्यालय आज (शनिबार) देखि आफ्नै नवनिर्मित भवनमा सरको छ...

Recent Comments