Home विर्तामोड विर्तामोड १० मा अस्थायी प्रहरी बिट

विर्तामोड १० मा अस्थायी प्रहरी बिट

विर्तामोड । स्थानीयबासीको मागलाई सम्बोधन गर्दै झापाको विर्तामोड नगरपालिका वडा नंं–१० मा अस्थायी प्रहरी बिट स्थापना भएको छ ।
नवस्थापित बिटको सोमबार एक कार्यक्रमका बीच वडाध्यक्ष दुर्योधन गुरुङ र इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले उद्घाटन गरेका हुन् ।
अस्थायी प्रहरीबीट सञ्चालक समितिका संयोजक कपिल विमलीको अध्यक्षता तथा वडाध्यक्ष गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाको सुरक्षा तथा समाजभित्र देखिएका विकृति र सुरक्षाका बारेमा अन्तरक्रिया समेत भएको थियो ।
अन्तरक्रियामा देवी दंगाल, ज्ञानबहादुर गुरुङ, तुलसी दुवेदी, टोम ओली, ज्ञानेन्द्र दाहाल, पृथिवीबहादुर बस्नेत, रुपनारायण मुखिया लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
वडामा गएको अस्थायी प्रहरी बीटलाई स्थानीयले आवश्यक भौतिक तथा तरकारीजन्य सामग्री सौजन्य गरेको बताइएको छ ।
अस्थायी प्रहरीबीटलाई ध्रुव शिवाकोटी र देवी शिवाकोटीले १ थान दराज, विशाल कृषि सहकारी र सविना राईले १÷१ थान टेवुल, याम श्रेष्ठले खाट निर्माणकाल लागि प्लाई, वासुदेव गुरुङले साजसब्जीकालागि नगर १५ सय रुपैयाँ प्रदान गरेको बताइएको छ ।
घिवा तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत मनु मुखियाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

विर्तामोड विर्तामोड १० मा अस्थायी प्रहरी बिट

Most Popular

Recent Comments