Home समाचार झापा उद्योग वाणिज्य संघको साधारणसभा मंसिरमा

झापा उद्योग वाणिज्य संघको साधारणसभा मंसिरमा

भद्रपुर । झापाको अग्रणी व्यावसायिक संस्था झापा उद्योग वाणिज्य संघको ५३ औं साधारणसभा आगामी मंसिर दोस्रो साता हुने भएको छ ।
संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा मासिक नियमित बैठक अन्तरगत आइतबार बसेको कार्यसमिति बैठकले मंसिर १३ गतेसाधारणसभा गर्ने निर्णय गरेको हो । यो साधारणसभा चुनावी साधारणसभा हुनेछ ।
बैठकले आगामी तीनवर्षे कार्यकालका लागि कार्यसमितिको निर्वाचनको मिति समेत तोकेको छ । संघको विधान अनुसार जिल्ला कार्यालयमा सदस्यता लिएकामध्येबाट १० जना बराबर १ जना गरी छानिने जिल्ला अधिवेशन प्रतिनिधिका लागि मंसिर १६ गते र जिल्ला कार्यसमितिको निर्वाचन मंसिर १७ गते गर्ने निर्णय गरेको महासचिव पंकज शर्माले जानकारी दिए ।
बैठकले यो साधारणसभा चुनावी साधारणसभा भएको स्मरण गराउँदै असोज मसान्तभित्र सदस्यता नविकरण गर्न आह्वान गरेको छ । संघको जिल्ला कार्यालयमा झण्डै आठसय सदस्य रहेको बताइएको छ । तीमध्ये १० जनाबराबर १ जना प्रतिनिधि छनौटबाट ८० जना प्रतिनिधिले कार्यसमितिको निर्वाचनमा भाग लिन पाउनेछन् । तीनवटा शाखा कार्यसमितिका पदाधिकारी(सदस्यहरुले भाग लिन पाउनेछन् भने एशोसिएट्स र वस्तुगत सदस्य सहभागी हुने महासचिव शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापा उद्योग वाणिज्य संघको साधारणसभा मंसिरमा

Most Popular

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र...

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

Recent Comments