Home समाचार समाचार तेलकानीमा दधिकादो

तेलकानीमा दधिकादो

विर्तामोड । कृष्ण जन्माष्टमीको उपलक्ष्यमा विर्तामोड १० स्थित तेलकानीमा प्रतियोगितात्मक दधिकादो खेल सम्पन्न भएको छ ।
तेलकानी टोलबिकास संस्था र तेलकानी पोखरी संरक्षण समितिको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा मंगल उप्रेती विजयी भएका छन् ।


राम लिम्बूको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुको आतिथ्यता र विर्तामोड नगरपालिका कार्यपालिका सदस्य गिता घिमिरेको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा ५० बढीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि गुरुङले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । बेदबहादुर लिम्बूको सञ्चाल रहेको कार्यक्रममा स्वागत चेतानन्द निरौलाले गर्नुभएको थियो ।
दधिकादो खेलका विजेता उप्रेती यसअघि प्रदेशस्तरीय रनिङ प्रतियोगितामा समेत प्रथम भएको कार्यपालिका सदस्य घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार तेलकानीमा दधिकादो

Most Popular

Recent Comments