Home महिला उर्जाशिलको तिज मिलन कार्यक्रम

उर्जाशिलको तिज मिलन कार्यक्रम

विर्तामोड । उर्जाशीलशिल महिला समूहको आयोजनामा तिजमिलन कार्यक्रम सम्पन्न भएको छ । शान्ता गौतमको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यतामा सम्पन्न तिज मिलन कार्यक्रममा ७ जना ज्येष्ठ मातालाई सम्मान गरिएको थियो ।


सम्मानित हुनेमा नरमाया भुजेल, चन्द्रमाया अधिकारी, चन्द्रमाया आचार्य, पदममाया मैनाली, नर्वदा वन, लक्ष्मी कार्की, कुमारी खड्का र भगिरानी वेगालाई सम्मान गरिएको थियो ।
सम्मानित माताहरुलाई प्रमुख अतिथि कन्दङ्वा, तथा वडासदस्यहरु पवित्रा ढुङ्गाना, शोभा वि.क लगायतले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।


कुसुम बरालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वा, वडा सदस्यहरु ढुङ्गाना, विक, स्थानीय कुमार भट्टराई, लिला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मनोरञ्जनात्मक हण्डी फुटाई, म्युजिकल चियर कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला उर्जाशिलको तिज मिलन कार्यक्रम

Most Popular

Recent Comments