Home समाचार समाचार हुण्डाईको भेन्यु बजारमा

हुण्डाईको भेन्यु बजारमा

विर्तामोड ५ भदौ । विश्वका पाँच ठूला अटो मोवायल उत्पादक मध्येमा एक हुन्डाई कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले काठमाडौं र झापाको विर्तामोडबाट हुन्डाई भेन्यु गाडी एक समारोहका बीच सार्वजनिक गरेको छ ।
काठमाडौंमा हुन्डाई भेन्यु सार्वजनिक भए लगत्तै हुण्डाइको मेचीका लागि आधिकारिक विक्रेता प्रतिष्ठान मोटर्स प्रा.लि. ले उक्त गाडी सार्वजनिक गरेको हो । तीन भिन्न भिन्न इञ्जिन अप्सनमा उपलब्ध हुने उक्त गाडीले ७ स्पीड डिसिटीको उपलब्धता प्रदान गर्ने जनाइएको छ ।
अरु गाडीको तुलनामा हुन्डाई भेन्युले बजारमा दरो उपस्थिति जनाउने दावी गरिएको छ ।
१.२ लिटर पेट्रोल इन्जिनकप्पा डुअल VTVT टेक्नोलोजीको 83ps/8000rpm को सर्वाधिकार पावर, १.४ लिटर डिजल इन्जिनकप्पा U2CRD को सर्वाधिक पावार 90ps/4000rpm, १.० टर्वो पेट्रोल इन्जिनकप्पा VTVT टेक्नोलोजीको सर्वाधिक पावर 120ps/6000rpm इन्जिनमा भेन्यु उपलब्ध रहेको बताइएको छ ।


स्मार्ट इलेक्ट्रिक सनरुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुखरेलले सुसज्जीत उक्त गाडीले DCT डाइमन्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साह जनक सवारी अनुभव दिने हुन्डाई कम्पनीको मेचीका लागि आधिकारिक विक्रेता प्रतिष्ठान मोटर्स प्रालि विर्तामोडका व्यवस्थापक कमल सिटौलाले जानकारी दिनुभयो ।
रियोस्टयाटसहितको एड्भान्स सुपरभिजन क्लष्टर, ड्राइभर रेर भ्यू मिरर, भेहिकल स्टेविलिटी तथा इलेक्ट्रोनिक स्ट्रेविलिटी कन्ट्रोल जस्ता विशेषता रहेको हुन्डाई भेन्यू सुरक्षित सहयात्री हुने प्रतिष्ठान मोटर्सका अध्यक्ष कुमार थापाले दावी गर्नुभयो ।
४८ लाख ९६ हजार मूल्य रहेको उक्त गाडीको लञ्चिङ प्रतिष्ठान मोटर्सका अध्यक्ष कुमार थापा र विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार हुण्डाईको भेन्यु बजारमा

Most Popular

Recent Comments