Home समाचार 'दरवारमा बसेर गाउँ–गाउँमा सिंह'

‘दरवारमा बसेर गाउँ–गाउँमा सिंह’

विर्तामोड १ भदौ । चितवनको बसपार्क स्थित कंगारो होटलमा शंकास्पद मृत्यु भएको अवस्थामा भेटिएका पत्रकार शालीग्राम पुडासैनी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका पत्रकार रवि लामिछानेको रिहाई र पुडाशैनीलाई न्यायको माग गर्दै विर्तामोडमा प्रदर्शन भएको छ ।
हत्यारा उम्कन नहुने र निर्दोषलाई फसाउन नपाइने माग गर्दै नागरिकहरु स्वतन्त्र रुपमा सडकमा उत्रिएका हुन् ।
पुडासैनी मृत्युु प्रकरणमा भ्रष्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत हुने पत्रकार रवि लामिछानेलाई नियन्त्रणमा लिएर सरकारले वास्तविक मतियारलाई उम्काउन खोजिएको भन्दै नागरिकहरु सडकमा उत्रिएका हुन् ।
लामिछानेको विना शर्त रिहाई र पीडित पुडासैनीलाई न्याय दिन माग गर्दै विर्तामोडस्थित मुक्तिचोकबाट हजारौंको संख्यामा निस्किएको जुलुसले विर्तामोड नगर परिक्रमा गरि मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई हरि उप्रेती, महेन्द्र प्रसाई र बलराम कार्कीले स्वतःस्फूर्त रुपमा सम्बोधन गरेका थिए ।
कोणसभामा बोल्दै उनीहरुले पुडासैनीको मृत्यु अघि तयार पारिएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियो निर्माण गर्नेको पहिचान गरी अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका थिए ।


मृतक शालीग्रामको मृत्यु अघि तयार पारिएको भिडियो नै सुनियोजित भएको भन्दै वक्ताहरुले भनाईमा गाउँ गाउँमा सिंहदरवार भनिएपनि वास्तविकता फरक भएको टिप्पणी गरे । निर्वाचनपछि प्राप्त जनमतबाट नेताहरु दरबारमा बसेर गाउँ गाउँमा सिंह पठाएको बताउँदै कानूनी राज्यमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने धारणा राखेका थिए ।
गाउँ गाउँमा भ्रष्टाचारको फैलंदो जालोका विरुद्धमा बोल्ने पत्रकार लामिछानेलाई फसाउन सके नेताहरुले आफ्नो स्वार्थ पूरा हुने सपना देखेर निर्दोष रविलाई नियन्त्रणमा लिन सरकारले नै खेल खेलेको आरोप लगाएका छन् ।
रविको रिहाई र पुडासैनीलाई न्याय दिने कुरामा सरकारले बेलैमा ध्यान नपुर्याए निकै ठूलो मूल्य चुकाउनु पर्ने वक्ताहरुले चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार 'दरवारमा बसेर गाउँ–गाउँमा सिंह'

Most Popular

Recent Comments