Home समाचार विर्तामोडमा कपडा बैंक

विर्तामोडमा कपडा बैंक

विर्तामोड १ भदौ । झापाको विर्तामोडमा कपडा बैंक स्थापना हुने भएको छ ।
देवी पञ्चकन्या मनिङ्ग वाक ग्रुप, रोटरी क्लब अफ विर्तामोड र महिला उद्यमी संघ झापाको अगुवाईमा कपडा बैंक स्थापना गरिने भएको हो ।
विर्तामोडको बंशल मार्केटमा रहने बैंकका लागि पुनः प्रयोग गर्न सकिने तथा कपडा व्यवसायीसंग स्टकमा रहेका कपडा उपलब्ध गराइदिन बैंकका संयोजक सुरेशकुमार बंशलले आग्रह समेत गर्नु भएको छ ।


विर्तामोडमा आइतबार आयोजित पत्रकार भेटघाट मार्फत कपडा बैंकबारे जानकारी दिंदै बंशलले निःशुल्क कपडा संकलन तथा वितरण गरिने बताउनु भयो ।
पत्रकार सम्मेलनमा पञ्चकन्या मनिङ्ग वाक ग्रुपका अध्यक्ष मदनगोपाल सुब्बा, रोटरी क्लब अफ विर्तामोडका अध्यक्ष निकिता गिरी र महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराई लगायतले कपडा बैंक स्थापनाले आर्थिक अवस्था कमजोर कपडा खरिद गरेर लगाउन नसक्ने तथा प्राकृतिक विपत्तीमा समेत सहयोग पुग्ने धारणा राख्नु भयो । कार्यक्रमको सञ्चालन निर्मल भट्टराईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोडमा कपडा बैंक

Most Popular

Recent Comments