Home समाचार मानवअधिकार र पत्रकारिता सम्बन्धी अभिमुखिकरण

मानवअधिकार र पत्रकारिता सम्बन्धी अभिमुखिकरण

विर्तामोड । राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक डा. टिकाराम पोखरेलले राज्यको कानून गलत भएपनि नागरिकले मिच्न नपाउने तर संशोधनका लागि आवाज उठाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा विर्तामोडमा सम्पन्न मानव अधिकार र पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी पत्रकार, संघसंस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिदै यस्तो धारणा राख्नुभएको हो । कतिपय कानूनी प्रावधान मानव अधिकारमैत्री नभएपनि राज्यको कानून उल्लंघन गर्ने अधिकार नागरिकलाई नहुने उहाँले बताउनुभयो ।
मानव अधिकार रक्षाका सवालमा अधिकारकर्मीभन्दा पत्रकारहरु एककदम अगाडि रहेको चर्चा गर्दै पोखरेलले पत्रकारले प्रवाह गरेको सूचनाकै आधारमा अधिकार उल्लंघनको घटना पहिचान गरेरमात्रै घटनास्थलमा अधिकारकर्मीहरु पुग्ने गरेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा अर्का प्रशिक्षक श्याम काफ्लेले संसारमा नेपालको उपस्थिति देखाउने एकमात्र माध्यम मानव अधिकार भएको चर्चा गर्दै नेपालले आइ.एल.ओ., सार्कस्तरीय र मानवअधिकारसम्बन्धी ४१ वटा महासन्धिमा पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको बताउनुभयो ।
यो भन्दा पाँचबर्ष अघिसम्म जेनेभाको अन्तर्राष्ट्रिय मानव अधिकार आयोगसमेत ‘सि ग्रेड’ मा रहेको जानकारी दिदै उहाँले नेपालको मानव अधिकार आयोग अब्बल रहेको दावी समेत गर्नुभयो ।
पूर्वीय वैदिक धार्मिक ग्रन्थहरु बेद, त्रिपीटक, कुरान आदि ग्रन्थमा समेत नागरिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरु सुरक्षित रहेको चर्चा गर्दै उहाँले मानव अधिकारमैत्री पत्रकारितामा जोड दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मानवअधिकार र पत्रकारिता सम्बन्धी अभिमुखिकरण

Most Popular

नगरप्रमुख आचार्य सिलीगुढीको किन्स हस्पिटल भर्ना

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भारतको पश्चिम बंगालस्थित सिलगुडीको किन्स हस्पिटलमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि विराटनगरको...

गाउँपालिका कार्यालयमा उपाध्यक्षद्वारा तालाबन्दी

अछाम । आफ्नो अधिकार खोसेर एकतन्त्रीय ढंगबाट शासन सञ्चालन गरेको भन्दै अछामको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले आफ्नो गाउँपालिकामा तालाबान्दी गरेकी छन्।गाउँपालिका...

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

Recent Comments