Homeसमाचारमेसिनले गरायो–समय र पैसाको बचत

मेसिनले गरायो–समय र पैसाको बचत

बुद्धशान्ति । मकै छोडाउने हाते मेसिन अनुदानमा पाएपछि झापा बुद्धशान्तिका किसान खुशीले दंङ्ग छन् । छोडाएर सुकाएको घोगाबाट मकै छोडाउने जनशक्ति अभाव भोगिरहेका किसान मेसिन पाएपछि दंग भएका हुन् ।
‘एक घण्टामा तीनदेखि पाँचमनसम्म छोडाउँछ’–बुद्धशान्ति १ भोटेटारका किसान शरद आचार्यले मेसिन देखाउँदै भने–‘यो पाएदेखि धेरै सजिलो भएको छ ।’
साना किसान विकास बैंक इलाका कार्यालय विर्तामोड साना किसान कृषि सहकारी संस्था लि. बुधबारेको लागत साझेदारीमा अन्तर समूह नं १ लाई प्रदान गरिएको उक्त मेसिनबाट होक्सेका सयबढी किसान लाभान्वित भएका छन् ।
‘समूहभित्र दिनभरको ५० रुपैयामात्र तिरे पुग्छ’– मकै छोडाउँदै भेटिएका उनले भने । विद्युतबाट चल्ने उक्त हाते मेसिनले राम्ररी सुकेको र ठूला घोगा मकै भए एकघण्टामै ५ मन छोडाउने उनले बताए ।
‘यति छिटो कहाँ यत्रो मकै छोडाइन्थ्यो र ?’उनले थपे–‘यो त छिटो पनि सस्तो पनि ।’ ज्याला मजदुरीमा मान्छे लगाउँदा दिनको कम्तीमा पाँचसय रुपैया तिर्नुपर्छ । तर एकजनाले एकमन मकै छोडाउन मुस्किल पर्ने बुद्धशान्तिकै किसान बताउँछन् । समय र पैसाको पनि बचत हुने भएपछि समूहभरि उक्त मेसिन चलाउने गरिएको किसानको भनाइ छ ।
साना किसान विकास बैंक इलाका कार्यालय विर्तामोड साना किसान कृषि सहकारी संस्था लि. बुधबारेको लागत साझेदारीमा बुद्धशान्तिका विभिन्न किसान समूहलाई यो मेसिन वितरण गरिएको छ । विजुलीको पावर समेत खासै नतान्ने उक्त मेसिन भएपछि बर्षामा मकै उठाएर छोडाउँन र थन्क्याउन धौ–धौ पर्ने किसानहरु अहिले एकदुईदिनमै मकै थन्क्याउन सफल भएको बताउँछन्् ।
साना किसान कृषि सहकारी संस्था लि. बुधबारेका अध्यक्ष केशव सापकोटाले बुद्धशान्ति–१, २ र ३ नम्बरका किसानको जीवनस्तर उकास्न संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
८ प्रतिशत पुरुष र ९२ प्रतिशत महिला रहेको ९ वटा अन्तर समूहमध्ये गतबर्ष बुद्धशान्ति १, २, र ३ का ८ समूहलाई मकै छोडाउने मेसिन प्रदान गरिएको उनले बताए । यसबाट एकहजार बढी किसान लाभान्वित हुने उनको भनाइ छ । समूहमा मेसिन चलाउँदा लिइएको न्यून शुल्क मेसिनको मर्मत सम्भार खर्चमा चलाउने गरेको समेत जानकारी दिए ।
उनका अनुसार यसबर्ष मसला, पिठो र मकै पिस्ने सानो मेसिन समूहमा आबद्ध पाँचजना महिलालाई दिइने तयारी गरिएको छ । त्यसका लागि महिलाहरुको छनौट भइसकेको बताइएको छ । सम्बन्धित ब्यक्तिको ५० प्रतिशत लागत साझेदारीमा ती मेसिनहरु वितरण गरिने उनको भनाइ छ ।
बेमौसमी सब्जी उत्पादनका लागि किसानलाई आकर्षित गर्न अहिलेसम्म १८ वटा टनेल वितरण गरिएको र ८ वटा टनेल वितरणका लागि तयारी रहेको सापकोटाले बताए ।
कृषिजन्य उत्पादन, मल, विऊ–विजनको ब्यापार–ब्यवसाय समेत गर्दै आएको संस्थाले ६ वटा स्पेयर मेसिन समूहमा वितरण गरिसकेको र यसै आर्थिक बर्षमा अति विपन्न किसान परिवारलाई एक–एकवटा फरुवा वितरणको समेत लक्ष्य रहेको सापकोटाले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेसिनले गरायो–समय र पैसाको बचत
spot_img

Most Popular

Recent Comments