HomeFeatured 2वातावरणीय कानुन र वातावरण संरक्षणका चुनाैति विषयक अन्तरक्रिया

वातावरणीय कानुन र वातावरण संरक्षणका चुनाैति विषयक अन्तरक्रिया

भद्रपुर । विश्व वातावरण दिवसका अबसरमा झापाको चन्द्रगढीमा एक दिवसीय वातावरणीय कानुन र वातावरण संरक्षणका चुनौती बिषयक अन्तरकृयात्मक कार्याक्रम सम्पन्न भएको छ ।
नेपाल वार एसाेसियसन झापा तथा सोही मातहत रहेको वातावरण समितिको आयोजनामा आईतवार भर्चुअल मिटिङ्ग मार्फत सम्पन्न कार्याक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला अदालत झापाका न्यायधीस टिकाराम आचार्यले गर्नु भएको थियो ।
एशोसियन अध्यक्ष हरी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्याक्रमको सहजीकरण वातवरण विद् चक्रपाणी नेपाल र सर्वोच्च अदालत वार ईकाइ वातावरण समितिका अध्यक्ष पदम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
सचिव हेमकला कट्टेलले संचालन गरेको कार्याक्रमको औचित्यमाथि प्रकाश समिति सदस्य तिलकसिंह पाण्डे र स्वागत एशोसियसन उपाध्यक्ष कमला आचार्यले गर्नु भएको थियो ।
कार्यक्रममा एशोसियसन पुर्वाञ्चल उपाध्यक्ष मानबहादुर रुम्दाली, सर्वाेच्च अदालत वार ईकाई अध्यक्ष पुर्णमान शाक्य, बरिष्ठ अधिबक्ता हरू कुलप्रसाद दाहाल, दामोदर सापकोटा, देवी लुङ्गेली , नेबा एशोसियन पुर्व उपाध्यक्ष अशोक कुमार पोखरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।
भर्चुअल मिटिङ्गमा प्रदेश नं १ का उच्च अदालत विराटनगर सहित मोरङ्ग, धनकुटा तेह्रथुम, संखुवा सभा लगाएत विभिन्न जिल्लाका एशोयिसन प्रतिनिधिहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2वातावरणीय कानुन र वातावरण संरक्षणका चुनाैति विषयक अन्तरक्रिया
spot_img

Most Popular

Recent Comments