Home बुद्धशान्ति ‘हामी राष्ट्रका सेवक’ को निःशुल्क कम्प्युटर तालिम सुरु

‘हामी राष्ट्रका सेवक’ को निःशुल्क कम्प्युटर तालिम सुरु

प्राविधिक शिक्षा युगको अपारिहा¥य ज्ञान शिक्षित तथा दक्ष समाज बनाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ बुद्धशान्ति गाउपालिका वाड न । ७ मा सामाजिक संस्थाूहामी राष्ट्रका सेवकले श्रावण २९ गते बाट निःशुल्क कम्प्युटर तालिम कक्षा संचालन गर्न थालेको छ ।

बुद्धशान्ति ७ सुनमाइमा रहेको श्री राष्ट्रिय विजय माध्यमिक विद्यालयमा अध्ययनरत निम्न वर्गीय, जेहेन्दार २८ जना बालबालिकाहरूलाई समेटि तालिम सुरू गरेको संस्थाका सचिव जिवन मुदेलले बताएका छन् ।
हप्तामा दुई दिन बुधबार र शनिबार संचालन हुने तालिम कक्षालाई संस्थाले श्री राष्ट्रिय विजय माध्यमिक विद्यालयसंग संमन्वय गरि विद्यालयकै कम्प्युटर ल्याभ र एक कक्षा कोठा प्रयोग गरी संचालनमा ल्याएको कुरा संस्थाको सदस्य सुजन तिम्सिनाले जानकारी दिए ।
जम्मा १४ कक्षा हुने तालिमको प्रशिक्षिका श्री पुजा अर्याल रहेकी छिन् ।

देश तथा बिदेशमा रहेका उर्जाशिल युवाहरू मिलि पूर्वमै भर्खरै उदाउदै गरेको ूहामी राष्ट्रका सेवकू संस्थाले केही समय अगाडि सोही गाउँपालिका स्थित वडा नं. १ मा रहेको एक विद्यालयमा २५ जना निम्न वर्गिय बालबालिकाहरू समेटि निः शुल्क कम्प्यूटर तालिम दिई सकेको र आउदा दिनमा यस्तै सामाजिक काममा एकबद्ध भई, इच्छाशक्ति बढाई सदैव बढिरहने संस्थाका अध्यक्ष भक्त कुमार न्यौपाने (गोपाल) ले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बुद्धशान्ति ‘हामी राष्ट्रका सेवक’ को निःशुल्क कम्प्युटर तालिम सुरु

Most Popular

Recent Comments