HomeFeatured 2मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राऊ

मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राऊ

मोरङ । मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी १३ का २८ बर्षीय राजेश मेहता, इटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, इटहरी ३ का ३० बर्षीय मचिन राई, इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् ।
गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र.१–०५–००१ प–००६१ नम्बरको रातो कलरको २०० सिसिको ल्क् मोटरसाईकल घरबाटै चोरी भए पश्चात ईलाका प्रहरी कार्यालय बेलबारीबाट सुक्ष्म रुपमा अनुसन्धान तथा खोजतलास थालेको थियो ।
खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाईकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न बाकी ६ जना आ–आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राऊ
spot_img

Most Popular

Recent Comments