HomeFeatured 2प्रेस क्लब हल्दिबारीद्वारा आयोजित रक्तदानमा ३० जनाले गरे रक्तदान

प्रेस क्लब हल्दिबारीद्वारा आयोजित रक्तदानमा ३० जनाले गरे रक्तदान

बिर्तामोड । कोरोनाको बढ्दो संक्रमणसंगै झापामा रगतको अभाव हुन थालेपछि प्रेस क्लब हल्दिवारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा झापा क्षेत्र नं.–३ बाट विघटित संसदका संघीय सांसद राजेन्द्र लिङ्गदेन सहित ३० जना रक्तदान गरेका छन् ।
हल्दिवारी गाउँपालिका ४ स्थित मंगलबारे बजारमा स्थित क्लबको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न गर्न युवा व्यवसायी सुमन मैनाली, कुमार कार्की र मेची पोल्ट्री प्रालिले रक्तदातालाई आवश्यक फलफूल ,पेयपदार्थ ,पानी अण्डा सहयोग गरेका थिए ।
रेडक्रस झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा कोभिडको समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरिएकोे क्लब अध्यक्ष नेत्रविक्रम विमलीले जानकारी दिनुभयो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रेस क्लब हल्दिबारीद्वारा आयोजित रक्तदानमा ३० जनाले गरे रक्तदान
spot_img

Most Popular

Recent Comments