HomeFeatured 2कोरोना कहर र गैरजिम्मेवार प्रधानमन्त्री

कोरोना कहर र गैरजिम्मेवार प्रधानमन्त्री

सजेश शिवाकोटी

जतिबेला संसारभरका वैज्ञानिक कोरोनाको दोस्रो लहर ज्यादै खतरनाक हुनेछ भनेर चेतावनी दिँदै थिए । त्यही चेतावनी सुनेर अमेरिका, युरोप ,श्रीलंका, पाकिस्तान, बंङ्गलादेश लगायत धेरै देश युद्धस्तरमा तयारी गर्दै थिए । त्यसैबेला अर्थात फेब्रुअरी २१ तारिख २०२१ मा “विश्व गुरु“ मोदीले मेरो नेतृत्वको भारत सरकारले कोरोना माथि विजय प्राप्त गर्यो भनेर ठूलो घमण्डका साथ संसद भाषण गरे । त्यही भाषणलाई आधार मानेर उनका चेला “विश्वगुरु द्वितीय“ केपी शर्मा ओलीले अम्बाको पत्ता खाँदै हाच्छयूँ गर्दा कोरोना भाग्छ भनेर झन ठूलो घमण्डका साथ भाषण ठोके । आज भारत र नेपालीमा जसरी महामारीले कहाली लाग्दो रुप लिएको छ–यो त्यही भाषणको प्रतिफल हो ।
आजसम्म भारत र नेपालमा मात्र ३% ले मात्र खोप लाउन पाएका छन् । त्यसको जिम्मेवार को हो ? मोदीकी ओली प्रश्न गम्भीर भएर दुबै देशका जनता सामु खडा भएको छ । हाम्रो सरकारले वैज्ञानिकको कुरा सुन्दै सुनेन, तयारी पनि गरेन । खोप किन्ने समयमा नै पैसा जम्मा गरेन नै जबर्जस्त आफ्नो इज्जत जोगाउने खेलमा मात्र लाग्दा महामारी देशभर फैलियो ।
आज गाउँ–गाउँमा महामारीको प्रकोप छ । सरकारकै कुरा मान्ने हो भने पनि आठ हजार मानिसको ज्यान गइसकेको छ । यो तथ्यांक पूर्ण छैन । सरकारी तथ्याङ्क भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सरकारको कमजोर व्यवस्थापनले यो सब भएको हो । यसको जिम्मा कसले लिने ? सरकारले लिनु पर्छ कि पर्दैन ? खोप बनेको र अनुमति पाएदेखि नै खोप किन्न भारत र नेपाल बाहेक धेरै देशले कोभ्याक्समा रकम जम्मा गरिसकेका थिए । जब कोरोना महामारीको दोस्रो लहर आउँदैछ भनेर विश्वले अस्पतालको तयारी गरिरहँदा र अन्य प्रबन्ध मिलाइरहँदा हाम्रा प्रधानमन्त्री राम मन्दिर बनाउन कुद्दै थिए । सँगै सरकार सबै आइसोलेसन सेन्टर बन्द गरेर मस्त आफ्नो गुनगान गाउन थालिसकेको थियो । विश्वका अरु देशले एकवर्ष अघि नै खोपको रकम जम्मा गरिसकेका थिए । हाम्रो सरकारले अहिले मात्र बजेट बिनियोजन गर्दैछ, त्यो पनि अपुग । वैज्ञानिक, स्वास्थ सल्लाहकारको कुरा नसुन्ने प्रधानमन्त्रीले महामारीले विकराल रुप लिँदा त्यसको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? नैतिकता भए लिनुपर्छ । देशबासीसँग माफी माग्नु पर्छ । आफू पनि नसक्ने र निजी क्षेत्रलाई पनि ल्याउन नदिने योजनाले एउटा शंका उत्पन्न भएको छ जनमानसमा । कतै सरकारले स्वास्थ सामाग्री बेच्नेको इसारा खोप रोकेको त होइन ! चीन सरकारले छ महिना अघि दिएको खोप किन आजसम्म नल्याएको ? यसको उत्तर प्रधानमन्त्रीले दिनु पर्छ कि पर्दैन ? नौलाख जेष्ठ नागरिकलाई खोपको दोस्रो डोज लगाउने समय बितिसक्यो । नौलाख मानिसको ज्यान माथि खेलबाड गर्ने सरकारले राजिनामा दिनु पर्दैन ?
दुई महिना अघिदेखि नै भारतमा अक्सिजन कमि भएर मानिसको ज्यान जान थालिसकेको थियो, जो सबैले जानेकै विषय हो । नेपाललाई अक्सिजन प्लान्टको व्यवस्था गर्ने प्रशस्त समय थियो तर सरकारले त्यो काम गर्दैगरेन । आज अक्सिजन अभावमा मानिसको ज्यान जाँदैछ । सरकार जिम्मावारीबाट पन्छिएको छ । आज पनि झापामा पनि अक्सिजन सिलिन्डरको अभाव छ । सरकार मौन छ । जनता पैसा उठाएर सिलिन्डर किन्न सहयोग गर्दैछन् । चीनबाट अनुदान दिएको २० हजार सिलिन्डर ल्याउन सरकारलाई कसले रोक्यो ? नेपालमा बढी मूल्य हालेर किन्ने हो भने अधिकांश कुरा किन्न पाइन्छ । ४५ हजारको औषधी ६ लाखमा किन्ने हो भने पाइन्छ । तर सरकार स्वास्थ्य सामाग्री किन्न खोज्दा पाउँदैन । कतै सरकारका नजिकका मानिसहरु नै स्वास्थ सामाग्री बेचिरहेका त छैनन्, आशंका व्यप्त छ । जनताले शंका गर्न थालिसकेका छन् । यी सब कुराले लोकतन्त्र कमजोर पार्ने काम गर्दैछ ।
यतिन्जेल जे भयो, भयो। सरकारसँग अझै मौका छ । सरकारले यी सात काम बेलैमा गरे समस्या समाधान हुन्छ ।
१. देशलाई एक ठाउँमा ल्याऊ । २. सरकारले एक्लै खोप ल्याउन सक्दैन, यो कुरा मान्न तयार हौं । ३. १३ लाख जेष्ठ नागरिकका लागि दोस्रो डोजको व्यवस्था गर्न निजी क्षेत्रको सहयोग माग ।
४. झुठ बोल्न कम गर । ५.कोरोना फैलन सक्ने सम्भावित ठाउँ बन्द गर । ६.निजी क्षेत्रलाई खोप ल्याउन खुल्ला गर । ७ . कोरोना बारे स्वस्थ्यकर्मी र वैज्ञानिकको कुरा मान ।
यी कुरा नमान्ने र आफ्नै लहड बरालिने हो भने कोरोनाले कति नागरिकले ज्यान घुमाउनु पर्छ, जो कसैले भन्न सक्दैन । सरकारको यस्तै चाला हो भने हुँदा खाने वर्ग कोरोनाले मात्रै होइन खान नपाएर मृत्यु स्वीकार्न बाध्य हुनेछ । सरकार सोच्न ढिला नगर्नु नै बेस हुनेछ । (लेखक:– नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष हुन् )

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोरोना कहर र गैरजिम्मेवार प्रधानमन्त्री
spot_img

Most Popular

Recent Comments