Homeसमाचारकोरोना महामारीको लडाँईमा स्थानीय तहसंगसंगै राजनीतिक दलपनि

कोरोना महामारीको लडाँईमा स्थानीय तहसंगसंगै राजनीतिक दलपनि

विर्तामोड । देशैभर कोरोना संक्रमणको फैलने क्रम नरोकिएपछि स्थानीय तहसंगसंगै राजनीतिक दलहरु पनि कोरोनाको लडाँईमा जुटेका छन् । स्थानीय तहमा संक्रमीतलाई सहजता महशुस गराउन र कोरोनासंगको युद्धलाई परास्त गर्न नेकपा एमाले र नेपाली कांग्रेस नगर र वडा तहको समन्वयसंगै तथा आ–आफ्नै तरिकाले कोरोनासंगको लडाँईमा मैदानमा छन् । यसले संक्रमीतको घाउमा मल्हम लगाउने कार्यमा सहजता प्रदान गरेको छ ।
राजनीतिक दलहरु आ–आफ्नो तरिकाले वडा तथा नगरपालिकालाई होस्टेमा हैंसे गर्दै कतै चिकित्सक लिएर विरामीका घर–घरमा पुग्ने त कतै विरामीलाई आवश्यक परेको खण्डमा श्वास–प्रश्वासमा सहजता ल्याउने अक्सिजनको व्यवस्थापन गरिरहेका छन् ।


कोरोना संक्रमणसंग जुधिरहेकाहरुलाई केही भएपनि सहजता होस् भन्ने उद्देश्यले विर्तामोड नगरपालिका वडा नंं–१० वडाको तर्फबाट स्वास्थ्य टोलीसहित संक्रमितका घर–घरमा गएर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आवश्यकता अनुसार सहजीकरण गर्ने कार्य गरिरहेको छ ।
१० नम्बर वडाका वडाध्यक्ष दुर्योधन गुरुङ आफैं स्वास्थ्यको टोली लिएर संक्रमितका घर/घरमा पुग्ने गर्नुभएको छ । कोरोना महामारीले पीडित भएका बेला आफूले भोट दिएर पठाएका जनप्रतिनिधि डाक्टरसहित घरमा आउँदा रोगसंग लड्ने आत्मबल बढेको पीडितले बताएका छन् । अभिभावक आएजस्तै हुँदो रहेछ–‘गारो भयो भने ठाउँ छ भन्ने विश्वास बढ्दा पनि रोगलाई जितिन्छ भन्ने हुँदोरछ’–संक्रमितको भनाई ।
कोरोनासंगको लडाईमा पछिल्लो समय नेपाली कांग्रेस क्षेत्रीय समिति क्षेत्र नं.–३ (२) ले पनि चिकित्सकसहितको टोली लिएर विर्तामोड नगरपालिका १० नंं हल्दिवारीका विभिन्न वडामा संक्रमितको घर–घरमा पुगेर, ज्वरो, पल्स, अक्सिजन नाप्ने र आवश्यकता अनुसार औषधीको समेत व्यवस्था गरेको क्षेत्रीय सभापति नविन विमलीले जानकारी दिनुभयो ।
क्षेत्रीय समितिले आफ्नो क्षेत्रका सबै संक्रमितको घर–घरमा पुगेर चिकित्सक सेवा दिने अभियान नै चलाएको बताइएको छ । सोही अनुसार बुधबार विर्तामोड १० का संक्रमितको घर–घरमा पुगेको टोली विहीबार हल्दिबारी गाउँपालिकाका संक्रमितको घर/घरमा पुगेको हो । कांग्रेसको यो अभियानमा विर्तामोडस्थित विर्ता सिटी हस्पिटल र डाक्टर सुदिप भट्टराईले साथ दिएको सभापति विमलीले बताउनु भयो ।
त्यसैगरी नगरमा अक्सिजनसहितको सिलिण्डर अभाव भएसंगै नेकपा एमालेले विर्तामोड नगरपालिकालाई रकम संकलन गरेर अक्सिजनसहितको सिलिण्डर बुधबार हस्तान्तरण गर्यो । नेकपा नगर सचिव सुवास भट्टराईको संयोजकत्वमा रकम संकलन गरि खरिद गरिएको ५० थान अक्सिजनसहितको सिलिण्डर नगरपालिकालाई हस्तान्तरण गरिएको सचिव भट्टराईले जानकारी दिनुभयो ।


नगरकमिटी सचिव भट्टराईका अनुसार नगर अस्पताललाई ५० वटा अक्सिजनसहितको सिलिण्डर प्रदान गर्नका लागि पार्टीले सहयोग संकलन अभियानमार्फत एकसयवटा सिलिण्डरको रकम संकलन भएको थियो । १५ लाख रुपैयाँ सहयोगको घोषणा भएकोमा २ लाख उठ्न बाँकी रहेको भट्टराई भट्टराईले जानकारी दिनुभयो ।
अक्सिजनसहितको ५० वटा सिलिन्डर हस्तान्तरण पछि लगभग बचत रहेको छ लाख ५० हजार रुपैयाँ नगरकमिटीको निर्णयमा महामारीबाट प्रभावितहरुकै लागि सो रकम खर्च गर्ने बताइएको छ । हस्तान्तरण गरिएको अक्सिजनको सिलिन्डर प्रतिगोटा १६ हजार रुपैयाँमा खरिद गरेको जनाएको छ भने २०० रुपैयाँ प्रतिगोटा ढुवानीमा र अक्सिजन फिलिङ गर्न ७०० रुपैयाँ प्रतिगोटा खर्च लागेको जनाइएको छ ।
बुधबार बेलुकासम्म प्राप्त रिपोर्ट अनुसार विर्तामोड नगरपालिका क्षेत्रभित्र ४२६ जना होम आइसोेसनमा छन भने १६ जना नगरले स्थापना गरेको आइसोलन र गम्भीर समस्या भएका ५ जना मध्ये केही मेची अस्पतालसहित निजी हस्पतालहरुमा उपचाररत रहेको विर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले जानकारी दिनुभयो ।
कोरोना संक्रमणको पहिलो र दोस्रो चरणमा गरी विर्तामोड नगरभित्र एकहजार सातसय आठ पिसिआरबाट र एकसय ४७ जनामा एन्टिजेन कोरोना पोजेटिभ पुष्टि भएको बताइएको छ । यो अवधीमा २८ जनाले कोरोना संक्रमण पुष्टि भएर ज्यान गुमाएको तथ्याङ्क नगर स्वास्थ्य शाखामा उल्लेख गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना महामारीको लडाँईमा स्थानीय तहसंगसंगै राजनीतिक दलपनि
spot_img

Most Popular

Recent Comments