HomeFeatured 2खेलकुद पत्रकार मञ्चद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

खेलकुद पत्रकार मञ्चद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

बिर्तामोड। नेपाल खेलकुद पत्रकार मञ्च झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो ।
खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजित मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
मञ्चले एक सय थान सेनिटाइजर, एक हजार थान मास्क र फेससिल हस्तान्तरण गरेको हो ।
संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिदै मञ्चसंग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार लगायतको सहभागिता रहेको थियो ।
हालसम्म झापाका ३३ पत्रकार कोरोनाबाट संक्रमित भएको, त्यसमध्ये एक जनाको निधन भएको र हाल पाँच जना होम आइसोलेसनमा रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2खेलकुद पत्रकार मञ्चद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
spot_img

Most Popular

Recent Comments