Homeमहिलामेची महाकाली बुहारी समूहले दियाे सुकुम्बासी बस्तीका बालबालिकालाई खाजा

मेची महाकाली बुहारी समूहले दियाे सुकुम्बासी बस्तीका बालबालिकालाई खाजा

भद्रपुर । मेची महाकाली बुहारी समूह भद्रपुर ७ स्थित देउनिया खोला छेउमा रहेको सुकुम्बासी बस्तीका अति विपन्न ११ परिवारका बालबालिकाका लागि दिवा खाजा सहयोग गरेको छ ।
बन्दाबन्दीका कारण रोजगारी गुमेका विपन्न परिवारका बालबालिका पोषणयुक्त खाद्यन्न अभावमा परेको गुनासो आएपछि बुहारी समूहले बालबालिका लक्षित दिवा खाजा प्याकेज सहयोग गरेको हो ।
समूहकी भद्रपुर संयोजक दिक्षा काफ्ले लुइटेलको नेतृत्व तथा भद्रपुर नगर कार्यपालिका सदस्य मित्रा भट्टराईको उपस्थितिमा प्रति परिवार १५ दिनका लागि दिवा खाजा प्रदान गरिएको थियो ।
यस अगाडि सो समूहले भद्रपुर ८ का अतिविपन्न ३ परिवारलाई एक महिना पुग्ने गरी खाद्यन्न समेत सहयोग गरेको थियो । संयोजक काफ्लेका अनुसार अप्ठ्यारोमा परेका नागरिकको सहयोगका लागि सो समूह निरन्तर अगाडि बढिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलामेची महाकाली बुहारी समूहले दियाे सुकुम्बासी बस्तीका बालबालिकालाई खाजा
spot_img

Most Popular

Recent Comments