Home समाचार समाचार भाजपा प्रतिपक्षी, उपनिर्वाचनमा परिणाम हत्याउने संकेत

भाजपा प्रतिपक्षी, उपनिर्वाचनमा परिणाम हत्याउने संकेत

झापा ३० साउन /२५ वर्षसम्म एकछत्र शासन गरेको सिक्किमको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टी प्रतिपक्षी बन्न पुग्दा सिक्किमको राजनीति विश्वमा गर्मायो । सामान्यतया चुनावका कार्यक्रम सुरु भएसंगै सामान्य चर्चा हुनु स्वाभाविक हो । पिएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किममा अढाईदशक सम्म विना प्रतिपक्षी शासन सञ्चालन गरेको एसडिएफ पार्टीका मुख्य मन्त्री पवन चाम्लिङ नेतृत्वको दललाई सत्ताबाट पाखा लगाए । यो सहज थिएन् । त्यसैले सिक्किमको राजनीतिले पनि सिक्किमको राजनीतिले देश–विदेशमा चर्चा पाएको थियो ।
उक्त चर्चा सेलाउन नपाउँदै सिक्किमको राजनीतिकै विषय लिएर फेरी चर्चा हुन थालेको छ । त्यसको एउटै कारण हो–चामलिङ नेतृत्वको एसडिएफका १० विधायक एकैपटक भाजपामा प्रवेश गर्नु । सर्सती हेर्दा यो सहज देखिंदैन । १० विधायक भजपामा प्रवेश गरेसंगै अब सिक्किम विधानसभामा भाजपा प्रतिपक्षीका रुपमा खडा भएको छ । सिक्किममा खासै राजनीतिक प्रभाव नै नभएको पार्टी भाजपामा एसडिएफ पार्टीको टिकट पाएर निर्वाचित भएका सांसद किन गए ? अनि पवन चाम्लिङलाई किन एक्ल्याए ?
पवन चाम्लिङले सन् २०१४ को निर्वाचनमा एसकेएम पार्टीबाट निर्वाचित सांसद आफ्नो पार्टीमा भित्र्याएका थिए । त्यो बेला सरकार बनाउनका लागि चाम्लिङ नेतृत्वको पार्टीलाई सत्तामा जान र सरकार बनाउन समस्या नभएपनि एसकेएमका सांसदलाई सशर्त पार्टीमा भित्र्याएको स्रोतको भनाई छ । उनलाई सन् २०१९ को निर्वाचनमा त्यही घातक भएको सिक्किमको राजनीतिका जानकारहरु बताउँछन् । चाम्लिङले त्यो बेला भित्र्याएका सांसद मध्ये ५ जनालाई सन् २०१९ मा विधायकको टिकट दिए । तर, ती पाँचैजना पराजित भए । वर्षौदेखि पार्टीभित्र योगदान गरेकाहरुलाई टिकटबाट बञ्चित गर्दै राजनीतिक इमान्दारिता देखाएका चाम्लिङलाई सोही कारण सन् २०१९ को निर्वाचनमा सत्ता बनाउने कार्यमा ब्रेक लाग्यो ।
गत अप्रिलमा सम्पन्न निर्वाचनमा १७ सिट जित्दै पिएस गोले नेतृत्वको पार्टीले सरकार बनाएपनि हाल मुख्य मन्त्री रहेका गोले आफैं निर्वाचित होइनन् । गोले गएको सिक्किमको विधानसभा निर्वाचनमा उम्मेद्वार नै भएका थिएनन् । फलस्वरुप सरकार बनाएको ६ महिनाभित्र मुख्य मन्त्रीले जनअनुमोदित हुनुपर्ने कानूनी प्रावधान छ । सोही कानूनी प्रावधान अनुसार नै सिक्किममा अबको केही महिनापछि उपनिर्वाचन हुन्छ ।


पीएस गोलेले सरकार बनाएसंगै सिक्किमको राजनीतिमा खैलाबैला मच्चिएको छ । त्यसैको परिणाम सिक्किममा उपस्थिति भएपनि प्रभाव नभएको भाजपामा एसडिएफका विधायक समावेश भएको घटनाले सबैको ध्यान खिच्नु स्वाभाविक हो । त्यतिमात्र होइन् सन् २०१९ को निर्वाचनमा भारी बहुमतका साथ सरकारमा रहेको भाजपामा सांसदको प्रवेशले अब सिक्किममा भाजपाको स्थान दर्विलो हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
३२ सिट रहेको सिक्किमको गत निर्वाचनमा १५ सिट सहित एसडीएफ प्रतिपक्षमा छ भने १७ सिट जित्दै एसकेएमले सरकार बनाएको छ ।
ती मध्ये एसडीएफका २ र एसकेएमका एक विधायकले दुई÷दुई क्षेत्रमा चुनाव जितेका कारण ३ स्थानमा सरकार बनाएको ६ महिनाभित्रमा उपनिर्वाचन हुनेछ ।
सिक्किमको राजनीतिमा चतुर मानिएका सिक्किम डेमोक्रेटिक फ्रन्टका नेता पवन चाम्लिङलाई वास्तवमै विधायकले एक्ल्याएकै हुन त ? नाम नखोल्ने सर्तमा स्रोत भन्छ–‘ती विधायक चाम्लिङको सल्लाहमै भाजपामा प्रवेश गरेका हुन् ।’ राजनीतिक बेइमानी नगर्दा चुनावी परिणाम आफ्नो पार्टीको पक्षमा नपरेपनि क्षेत्रीय (सिक्किमे) राजनीति र रणनीतिमा अब्बल चाम्लिङलाई थाहै नदिई विधायक भाजपामा गएका होइनन्, स्रोतले भन्यो–यसले उपनिर्वाचनमा समेत अर्थ राख्छ, उपनिर्वाचनबाट भाजपाले अगाडी आउने अनुमान गर्न थालिएको छ । केन्द्रीय राजनीतिको आशिर्वाद नभए क्षेत्रीय राजनीतिमा सफलता पाउन कठिन मानिने भारतीय राजनीतिको ट्रेण्ड अनुसार सिक्किममा पनि भाजपाले नै सरकार बनाउने संभावना प्रवल बन्दै गएको छ ।’
यसले सिधाकोणबाट हेर्दा चाम्लिङलाई व्यक्तिगत रुपमा फाइदा हुने देखिदैन । चाम्लिङसंग भएका अरु विधायक पनि कुनै नयाँ पार्टी खोल्ने तयारीमा रहेको स्रोतको दावी छ । भाजपा एकैचोटी सदनमा प्रतिपक्षी बन्नुका पछाडि राजनीतिमा गहिरो अर्थ राख्ने अर्का जानकारले बताएका छन् । उनका अनुसार सिक्किममा अब एसडिएफ पार्टी नरहन सक्छ, तर भाजपाको भने उपस्थिति बलियो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार भाजपा प्रतिपक्षी, उपनिर्वाचनमा परिणाम हत्याउने संकेत

Most Popular

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

Recent Comments