Homeसमाचारमेची अभियानले थाल्यो दीर्घ रोगीको विशेषज्ञ अनलाईन उपचार सेवा

मेची अभियानले थाल्यो दीर्घ रोगीको विशेषज्ञ अनलाईन उपचार सेवा

भद्रपुर । कोभिड १९ संक्रमणयता उपचारमा जान नपाएका दीर्घ रोगीहरूको आवश्यक उपचार जुटाइ दिन मेची अभियानले विशेषज्ञ सेवा सुरू गरेको छ । मेचीनगरको वाहुण्डागी र भद्रपुरको चन्द्रगढीबाट दीर्घ रोगीको उपचारका लागि विशेषज्ञ डाक्टरहरूबाट अनलाइन उपचार सेवा प्रारम्भ गरिएको हो ।
“हामी जुट्छौं फेरि उठ्छौं” भन्ने नारा सहित अभियानले कोभिड संक्रमणबाट पीडित उपचारविहिन तथा विभिन्न दीर्घ रोगको उपचार नपाएकाहरूलाई घर घरमा गएर विशेषज्ञ सेवा दिन थालेको हो ।
अभियानका चन्द्रगढी संयोजक सोमप्रसाद ढुंगेलका अनुसार पहिलो दिन भद्रपुरका ३ जना दीर्घ रोगीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ डा. सञ्जीवकुमार शर्माले सेवा दिएका थिए । एकजना अर्बुद रोगी, अर्को मुटु तथा दम र अर्को स्त्री रोग पिडितले कोभिड संक्रमण त्रासले अस्पताल पुगेर सेवा लिन नसकेपछि डा. शर्माले अनलाइनबाट उपचार सेवा दिएको संयोजक ढुंगेलले जानकारी दिए । उनका अनुसार विरामीको आवश्यकता अनुसार अभियानले विशेषज्ञ सेवा दिइरहने छ भने औषधी र प्रयोगशाला परीक्षण पनि निरन्तर सञ्चालित हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची अभियानले थाल्यो दीर्घ रोगीको विशेषज्ञ अनलाईन उपचार सेवा
spot_img

Most Popular

Recent Comments