HomeFeatured 2कोरोनाको लडाईमा डा. अमरको 'कन्फिडेन्स'

कोरोनाको लडाईमा डा. अमरको ‘कन्फिडेन्स’

रेजिना गाैतम । लगातार पखाला चलेपछि झापा भद्रपुरका कैलास साहलाई उनको परिवारले उपचारार्थ स्थानीय क्लिनिकमा पुर्याइयो। क्लिनिकमा पुगेका विरामीलाई डा. अमर कपुरले आफू कार्यरत भद्रपुरै ओमसाई हस्पिटलमा आउन भने । विरामीको लक्षणबाट कोरोना संक्रमणको आशंका गरिसकेका डा. कपुरले सिटि स्क्यान गर्न लगाए । सिटि स्क्यानमा दाग देखियो । सिटी स्क्यानमा दाग देखिएसंगै उनी अझ स्पष्ट भए कि ! साहलाई कोरोना नै हो ।
कोरोनाको विरामीलाई एन्टिबायोटिक इन्जेक्सन लगाइदिए । एकपटक एन्टिबायोटिक इन्जेक्सन लगाएसंगै कैलासको पखाला रोकियो र थप उपचार अघि बढाए । कैलासका अभिभावकले भने–‘ज्वरो आउने, चक्कर चल्ने र पखाला लागेको थियो, तर डक्टरले एकपटक औषधी दिएसंगै कम हुँदै गएको छ ।’ कैलास अहिले कोभिड उपचार विधीमा रहेको बताइएको छ ।
विर्तामोड–५ का विपिन बजगाँई अचानक वाथरुम मै बेहोस भएर लडे । त्यो पछि उनलाई गाडीमा हालेर ओमसाई पुर्याइयो । अचेत अवस्थामा ड्राइभर र श्रीमतीको सहारामा अस्पताल पुगेका विपिन उपचारमा खटिएका अम्मर कपुरले तुरुन्तै फोक्सोको सिटि स्क्यान गराए । सिटिस्क्यानबाट छातीमा दाग देखिएपछि उनलाई पनि उही विधिबाट उपचार शुरु गरियो । अस्पतालबाटै अक्सिजनको सहारामा घर फर्किएका विपिनको उपचार एकजना नर्सको हेरचाहमा भयो । डा. अम्मरकै दैनिक निगरानीमा गरेको उपचारबाट आफूले पुर्नजीवन पाएको विपिनले बताए । कोरोना संक्रमणबाट जीवन मरणको अवस्थामा पुगेका विपिनसंगै उनको परिवार तथा दाजुका छोरी समेतलाई कोभिडले चाप्यो । उनीहरु सबैको उपचार ओमसाईमै सम्भव भएको बताउँदै विपिनले भने– ‘मेरो मात्र होइन मेरो परिवारै बचाइ दिनुभयो ।’


अर्काको सहारामा अस्पताल पुगेका उनको सरकारले तोकेका हस्पिटलबाट पिसिआर गरिएको थिएन । ओमसाईका एमडी चिकित्सक अमरले सिधैं सिटी स्क्यान गर्न लगाए । सिटी स्क्यान गर्दा फोक्सोमा संक्रमण फैलिसकेको देखियो । जसलाई हामी कोरोना भनिरहेका छौं । त्यसपछि विरामीलाई हाई डोजमा एन्टि संक्रमण इन्जेक्सनको प्रयोग गरी उपचार शुरु गरे । त्यही उपचारले विपिनलाई बचायो रे । विपिनले भने–‘यही पिसिआर भनेर बसेको भए मेरो हालत के हुन्थ्यो अनि परिवारको हालत के हुन्थ्यो कल्पनासम्म गर्न सक्दिन ।’
कोरोना उपचारका लागि लक्षण देखिएको शुरुको ५ दिन एकदमै महत्वपूर्ण हुने डा. कपुरको भनाई छ । शुरुको पाँचदिन निको हुन्छ कि भन्दै विचार गरेर बस्ने त्यो पछि आफैं औषधी खोेजेर खाने, अनि पनि निको नभए निकै अप्ठ्यारो अवस्थामा पुगेपछि मात्र अस्पतालमा विरामी आइपुग्ने गरेको कपुरको बताए । पिसआर रिपोर्ट विना नै कसरी कोरोनाको उपचार शुरु गर्नुहुन्छ भन्ने जिज्ञासामा डा. कपुरले भने–‘अहिलेको महामारीमा सिटी स्क्यान गर्दा दाग देखिएपछि त्यो १०० प्रतिशत कोरोना हो ।’ कोरोनाको उपचारका लागि शुरुको ५ दिन एकदमै महत्वपूर्ण भएको बताउँदै उनले थपे–‘त्यो पाँचदिन भित्रमा उपचार गर्न सक्यो भने त्यति गारो हुँदैन, ६/७ दिनसम्ममा फोक्सोमा संक्रमण हुन थालिसकेको हुन्छ, फोक्सोमा संक्रमण शुरु भइसकेको व्यक्तिलाई बाफ र तातो पानीले मात्रै कसरी निको हुनु ? फोक्सोमा संक्रमण देखिइसकेपछि इन्जेक्सनबाट उपचार शुरु गर्नुपर्ने उनले बताए । अहिलेका अवस्थामा रुघामर्गीलाई नै कोरोना हो भनेर उपचार लिनुपर्ने उनको सुझाव छ । विरामीको अवस्था अनुसार औषधीको मात्रा प्रयोग गर्नुपर्ने भएपनि लक्षण देखिएको पाँचदिन वितिसकेका व्यक्तिको शरीरभित्र पसेको ब्याक्टेरियाले संक्रमण गर्न र भाइरस बनाउन थालिसकेको हुनाले त्यस्ता विरामीलाई एन्टिबायोटिक इन्जेक्सनमार्फत नै आफूले औषधी गर्ने गरेको डा. कपुरले बताए । गतवर्ष पनि थपलिया थरका एक व्यक्तिलाई संक्रमण शुरु भएको २२ दिनपछि अस्पताल आइपुगेको र संयोगले उनीलाई बचाउन सकेको स्मरण गर्दै उनले भने –‘पहिलो चरण र दोस्रो चरणको हालसम्ममा लगभग आठसय बढीको उपचार गर्दा ९९ प्रतिशत सफल भएको छ, १०० प्रतिशत भन्ने कुरा हुँदैन केहीमा पनि ।’
कोरोनाले कतिबेला के कस्तो असर पार्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुने उनको भनाई छ । फोक्सो, मुटु, हर्टअट्याक्ट लगायतका गम्भीर समस्या उत्पन्न गराउने उनले बताए । हावामा समेत कोरोना फैलन सक्ने कुरातर्फ सचेत गराउँदै डा. कपुरले भने–‘लक्षण देखा परेको ५ देखि ७ दिनसम्म अस्पताल पुगेको विरामीको उपचार सहज हुन्छ, तर, लक्षण देखिएको ५ दिन त्यत्तिकै बस्ने त्यो पनि क्लिनिकतिर औषधी खोजेर खाने र १० दिनपछि अस्पतालमा पुग्दा समस्या भएको छ ।’फोक्सोमा संक्रमण भइसकेको विरामीलाई सरकारी अस्पतालले भिटामिन सी लगायतका ट्याब्लेट र बाफ लिनु भनेर मात्र विराम निको नहुने बताउँदै डा. कपुरले थपे–‘सरकारी अस्पतालले भिटामिन सी, जिङ्क ट्याब्लेट खुवाएर र बाफ लिएर मात्र कोरोनाका विरामी निको हुँदैनन् ।’ डा. कपुरले भने–संक्रमणसंग लड्नका लागि इम्युनिटी पावर चाहिन्छ, त्यसैले इम्युनिटी पावर बढाउनका लागि मल्टिभिटामिनसहित आवश्यकता अनुसार ट्याब्लेट र इन्जेक्सनको माध्यमबाट दिन सकिन्छ ।’
निजी अस्पतालका रुपमा रहेको ओम साई हस्पिटल र सामुदायिक अस्पतालका रुपमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल यी दुवै अस्पतालका डाक्टरले कोरोनाका विरामीको सफल उपचार गरिरहेका छन् । डा. अमरको भनाईबाट पनि यो स्पष्ट हुन्छ । अमरले भने– ओम साईमा मैले हेरिरहेको छु, म जस्तै मनमोहन हस्पिटलमा डा. सुवेश सौरभले पनि कोभिड प्यासेन्टको उपचार गरिरहेका छन् । कोरोनाको संक्रमण पत्ता लगाउने पिसिआरमात्रै विकल्प होइन, भरपर्दो भनेको फोक्सोको सिटीस्क्यान नै हो भन्ने हाम्रो ठहर छ, सिटीस्क्यान विश्वासिलो माध्यम हो भन्ने हामी बुझाउन पनि चाहन्छौं ।’
भिडियोबाटै काकाको उपचार सफल :
विश्वमै पहिलोपटक चीनको बुहानमा कोरोना संक्रमण देखा पर्यो । विश्वमा फैलने क्रममा भारतमा पहिलोपटक कोरोना देखिदा डा. कपुरका काकामा पनि कोरोना संक्रमणको लक्षण देखियो । लक्षण देखिएका उनका काकालाई पट्ना, एम्स लगायत कुनै पनि अस्पतालले विरामी लिन मानेनन् रे । अस्पतालले लिन नमानेका उनका काकाले १० दिनसम्म औषधी खाएपनि पीडा झन बढ्दै गएपछि डा. कपुरलाई दिल्लीबाट निरन्तर फोन आयो रे । निरन्तर फोन आएपनि कार्यव्यस्तताले समय अनुकुल नहुँदा फोन रिसिभ पनि गर्न नसकेको उनले बताए । ‘विरामी हेर्नैपर्ने, बेलुका पनि केही अध्ययन र तयारी पनि गर्नैपर्ने लगायत कारणले फोनसम्म रिसिभ गर्न सकिन’– उनले भने–‘काकाको स्वास्थ्य अवस्था जटिल भइसकेको रहेछ ।’
निरन्तरको फोनपछि समय निकालेर कुरा गर्दा काकाको अवस्थाबारे थाहा पाएपछि रातिको समयमा भिडियो कलमार्फत उपचार गराए रे । उनले भने–‘इन्डियाका त्यत्रा अस्पतालले पनि काकालाई भर्ना लिन मानेन, काकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भिडियो कलमार्फत उपचार गरेर निको पारियो ।’ भद्रपुरमा बसेर दिल्लीमा कोरोना उपचार गर्दाको स्मरण गर्दै डा. कपुरले भने–‘राति भाईलाई सिटी स्क्यान गर्न भने, सिटी स्क्यानको रिपोर्ट हेर्दा फोक्सोमा संक्रमण निकै जोखिमपूर्ण अवस्थामा पुगिसकेको रहेछ, त्यसपछि तत्कालै एन्टिबायोटिक इन्जेक्सन र इम्युनिटी पावर बृद्धि गर्ने औषधी चलाएँ ।’ हस्पिटलमा विरामीप्रतिको संवेदनशील जिम्मेवारी र उक्त जिम्मेवारी पूरा गर्नुपूर्व आफूले गर्नुपर्ने तयारीका कारण पनि फोन उठाउन नसकेको बताउने अम्मरलाई काकाको स्वास्थ्य अवस्थाले भने निकै गम्भीर मोडमा पुर्याइदियो । त्यसपछिको उनको ध्यान अस्पतालका विरामी अनि भिडियोमार्फत विरामीको सेवा नै प्रमुख बन्यो रे । त्यसैले नै अहिले उनका लागि दोस्रो चरणमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको लक्षण देखिएका विरामीको पिसिआर रिपोर्ट समेत चाहिएन । सिधै सिटी स्क्यानको रिपोर्टबाट उपचार गर्न कन्फिडेन्स बढायो । अम्मरले भने–‘काकाको सिटी स्क्यानको रिपोर्ट आएपछि हस्पिटल, घर, हस्पिटलमा गर्दै दिउँसो समय दिएँ भने राति त कहिले रातभर पनि बसियो, भारतका ठू–ठूला अस्पतालले समेत लिन नमानेको विरामी ठिक हुनुभयो’,– उनले थपे–‘पहिलो चरणमा कोरोनाका केही उपचार गरेपनि एक्सिडेन्टमा परे र लामो समय रेष्टमा बसें ।’ फेरि दोस्रो चरणमा भित्रियो, लाग्छ यसले मलाई कोरोनाको उपचार गर्नका लागि परीक्षा लिइरहेको छ ।’
रुघा र मर्की लागेका वा अन्य सिकिस्त विरामीको उपचारका लागि भर्ना लिन धेरै अस्पतालले नमानी रहेको अवस्थामा तपाईलाई चाहिं डर लाग्दैन भन्ने जिज्ञासामा– उनले भने–‘रोनाल्डोलाई पौडी खेल्न पठायो भने उनी पौडिन्छु भन्दैनन्, फुटबल नै खेल्छु भन्छन् हामी डाक्टरलाई पनि त्यस्तै हो, फुटबल खेल भन्यो भने नसकिएला तर, विरामीको उपचार गर भन्यो भने हामी पछि हट्दैनौं किन भने यो हाम्रो क्षेत्र हो ।’ डाक्टरले उपचार नै गर्ने हो । उनले थपे–‘१०० मा १०० भन्न सक्दिन तर, २००० विरामी सुताएर आफूलाई ड्युटी दिएपनि जिम्मेवारी दिएपनि हुन्छ ।’


गत वर्षदेखि नै कोभिड उपचार हुँदै
कोभिडको पहिलो चरणदेखि नै उपचार हुन थालेको अस्पतालका सञ्चालक बालकृष्ण पोख्रेलले जानकारी दिए । पहिलाको भन्दा दोस्रो चरणमा देखिएको कोभिडबाट आममानिससहित डाक्टरको पनि मानसिकता केही विचलित नै भएपनि उपचार भने भइरहेको पोखरेलले बताए । उनले भने–‘यो महासंक्रमण संग ओमसाई पनि जुधिरहेको छ, पिसिआर गरिरहनु पर्दैन, सिटी स्क्यान गर्दा छातीमा संक्रमण देखियो भने डाक्टरले डाक्टरले उपचार शुरु गर्नुहुन्छ । उहाँको उपचार गर्ने विधि नै फरक छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोरोनाको लडाईमा डा. अमरको 'कन्फिडेन्स'
spot_img

Most Popular

Recent Comments