Home समाचार समाचार १ नं प्रदेशमा वेयर हाउस निर्माणका लागि तीनकरोड बजेट विनियोजन

१ नं प्रदेशमा वेयर हाउस निर्माणका लागि तीनकरोड बजेट विनियोजन

विर्तामोड २९ साउन । अलैंची भण्डारणका लागि विर्तामोडसहित दुई स्थानमा बन्ने वेयर हाउस निर्माणका लागि १ नंं. प्रदेश सरकारले तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
सरकारले विर्तामोड र संखुवासभामा वेयर हाउस निर्माणका लागि डेढ÷डेढ करोड रुपैयाँ बजेट छुट्टयाएको अलैची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिनुभयो ।
अलैंचीको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा अत्याधुनिक वेयर हाउस निर्माण गर्ने योजना सहित महासंघले लामो समयदेखि आवाज उठाउँदै आएको थियो ।
पूर्वी पहाडि जिल्लाबाट आयात गरी तेस्रो मुलुकसम्म निर्यात हुने अलैंचीको वातानुकुलित भण्डारणस्थल नहुँदा व्यवसायीहरुले समस्या भोग्दै आएका छन् ।
कालो सुनका रुपमा परिचित अलैंची देशभरका १५ बढी जिल्लामा व्यवसायिक खेति हुँदै आएको छ । चिस्यानयुक्त जंगलमा समेत खेति गर्न सकिने भएका कारण अलैंची खेतितर्फ किसान आकर्षित भएपनि मूल्यमा निरन्तर आएको गिरावटले किसान र व्यवसायी दुवै चिन्तित छन् ।
तेस्रो मुलुकसम्म व्यापारिक सम्बन्ध स्थापित गर्न नसक्दा नेपालको अलैंचीमा समस्या आएको व्यवसायीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार १ नं प्रदेशमा वेयर हाउस निर्माणका लागि तीनकरोड बजेट विनियोजन

Most Popular

Recent Comments